महालक्ष्मीको नयाँ शाखा ललितपुरको झम्सिखेलमा

  २०७६ असोज १३ गते १३:५५     विकासन्युज


काठमाडौँ । महालक्ष्मी विकास बैंक लिले ललितपुर महानगरपालिका वडा नं ३, स्थित झम्सिखेलमा शाखा कार्यालय उद्घाटन गरेको छ ।

आइतबार उक्त शाखाको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा एसएसपी टेकप्रसाद राई रहेका थिए ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरे ।

बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा बिस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने उनले प्रतिवद्धता गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.