नेपाली बजारमा फोर्डको ‘फिगो एम्बियन्ते’ कार, मूल्य रु. २४ लाख ९९ हजार

  २०७६ असोज १२ गते १९:१३     विकासन्युज


काठमाडौँ । फोर्ड अटोमोवाइल्सको नेपालका लागि आधिकारिक बिक्रेता गो अटोमोवाइल्स प्रालिले सो अमेरिकन अटोमेकर कम्पनीका विभिन्न मोडेलहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ । नेपालमा पाइने फोर्डका कारहरुमध्ये ‘फिगो’ को बेस भेरियन्ट ‘फिगो एम्बियन्ते’ सबैभन्दा सस्तो मोडेलका रुपमा रहेको छ, जसको नेपाली बजारमूल्य रु.२४ लाख ९९ हजार तोकिएको छ ।

यस कारका सेफ्टी फिचरहरुको रुपमा ६ ओटा एयरब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, हिल लञ्च एसिस्ट, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, इलेक्ट्रिक पावर एसिस्टेड स्टेयरिङ्गजस्ता फिचरहरु रहेका छन् । एयर कण्डिसन, हिटर, पावर विन्डोज, एडजस्ट गर्न मिल्ने स्टेयरिङ्ग, हेडरेस्ट, एडजस्ट गर्न मिल्ने ड्राइवर सिट र त्यसैगरी फोल्डिङ्ग सिटजस्ता फिचरहरु रहेका छन् ।

त्यसैगरी, अन्य फिचरहरुको रुपमा यस कारमा आउटसाइड रियर भ्यू मिरर्स, ७ इञ्चको इन्फोटेन्मेन्ट टचस्क्रिन, रेन–सेन्सिङ्ग वाइपर्स, अटोमेटिक हेडलाइटजस्ता फिचरहरु दिइएका छन् । यस कारमा प्रयोग भएको ११९४ सीसी ३ सिलिण्डर डिओएचसी पेट्रोल इञ्जिनले ९६ पिएसको पावर र १२० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी, यस कारमा ५ गियरहरु रहेका छन् भने कारले २०.४ केएमपीएलको माइलेज दिन्छ ।

५ सिटर यस कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३९४१ मिलिमिटर, चौडाई १७०४ मिलिमिटर र उचाई १५२५ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १७४ मिलिमिटर रहेको छ । कम्पनीले ४२ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक जडान गरेको छ भने पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिएको छ ।

कम्पनीले दशैं र तिहारलाई लक्षित गर्दै ‘सिधै क्यास नो बकवास’ योजना ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले ३ ओटा अलग अलग स्क्र्याच कार्ड मार्फत् कम्तिमा पनि रु. ६० हजारदेखि रु. तीन लाख सम्मको नगद छुट पाउने छन् । थप अफरको रुपमा इन्स्योरेन्स, रोड ट्याक्स र रु. २० हजार बराबरको एक्सेसरिजहरु प्राप्त गर्नेछन् । फोर्डको नेपालमा बिक्री भइरहेको सबैभन्दा महँगो मोडेल चाहिँ ‘इन्डेभोर’ एसयूभी हो, जसको नेपाली बजार मूल्य भने रु. एक करोड ७५ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.