सनराइज बैंकद्वारा वृद्धआश्रम तथा अनाथालयलाई सहयोग

  २०७६ असोज १२ गते १८:३७     विकासन्युज

काठमाडौं । सनराइज बैंकले असोज महिनालाई १२औं वार्षिककोत्सव महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ । उक्त अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न बृद्घ आश्रम तथा अनाथालयहरुमा सहयोग सामाग्री वितरण कार्यक्रम आयोजना गरेको छ ।

“कियरिङ हुम्यानिटी हामीसँग सँगै” भन्ने नाराको साथबैंकले कुपण्डोलको निजानन्दवृद्ध आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ । सोहि दिन बैंकको तिनकुने, बिराटचोक, बर्दीवास, कोहलपुर, पनौती, बिरेन्द्रनगर, र अत्तरिया शाखाहरुबाट बृद्घ आश्रम तथा अनाथालयहरुमा सहयोग सामाग्री वितरण गरेको छ ।

त्यसैगरी, असोज १३ गते बैकले टंगाल स्थित बालमन्दिर, बगर र धरानशाखाहरू बाट सहयोग सामाग्री वितरण र असोज १४ मा बानियाटार शाखाले सहयोग सामाग्री वितरण गर्ने योजना बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.