अष्ट्रेलियामा अध्ययन: नेपाली विद्यार्थीलाई भिसामा कडाई

  २०७६ असोज १२ गते १७:०१     विकासन्युज

अष्ट्रेलिया । अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई भिसामा थप कडाई गर्ने भएको छ । अष्ट्रेलियाले नेपाली विद्यार्थी सहित भारत र बङ्लादेशका विद्यार्थीलाई भिसामा थप कडाई गर्ने लागेको हो । माइग्रेशन एजेन्ट नरिंदर कौरले भारत, पाकिस्तान र नेपालका विद्यार्थीहरूको लागि भिसा प्रणाली कडाई गर्दै अद्यावधिक गरिएको बताईन् ।

“यी देशहरूबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू अहिले उच्च जोखिममा छन् । यी देशबाट आएका भिसा आवेदनहरूको असेसमेन्ट लेभल २ बाट स्तर ३ मा पुगेको छ,” उनले भनिन् । परिवर्तन गरिएको मापदण्ड अनुसार विद्यार्थीले कम्तिमा पनि आईएल्टीसमा ५.५ भन्दा माथि र पिटिएमा उपयुक्त स्कोरको आवश्यक हुन्छ । यो अंक राम्रा विद्यार्थीहरुलाई ल्याउन भने त्यति गाह्रो छैन ।

अष्ट्रेलियामा विद्यार्थीको भिसा आवेदनहरू उनीहरुको व्यक्तिगत योग्यताको आधारमा मूल्याङ्कन गरिन्छ, जसमा शैक्षिक योग्यता, वित्तीय आवश्यकताहरु र अंग्रेजी भाषामा राम्रो दक्षता समावेश छ । विद्यार्थी भिसालाई मूल्याङ्कन गर्ने असेसमेन्ट लेभलले भिसा प्रणालीलाई सुव्यवस्थित गर्दछ, जसले भिसा आवेदनका लागि लागु गरिएका आवश्यकताहरूलाई आदेश दिने गर्दछ ।

यी भिसाको आवश्यकताहरू प्राय: अष्ट्रेलियामा शिक्षा प्रदायकहरूसँग अध्ययन गर्न चाहेको विशेष देशका आवेदकहरूद्वारा प्रस्तुत अध्यागमन जोखिमको आधारमा परिवर्तन हुन्छन् । असेस्मेन्ट लेभल १ भएका प्रख्यात विश्वविद्यालयका विद्यार्थीहरुलाई बाहेक अन्यलाई यो नयाँ भिसाको परिवर्तन लागु हुने बताईएको छ ।

माइग्रेसन विज्ञहरु भन्छन्-‘भिसा जारी गर्ने अधिकारीहरुले समय समयमा मूल्याङ्कन स्तर परिवर्तन गर्न सामान्य हो । उनीहरूको अनुसार यो परिवर्तनले पढ्छु नै भन्ने सोच भएका साथै अंग्रेजी भाषामा दक्ष र आर्थी अवस्था मजबुत भएका गैरआवसिय विद्यार्थीहरूलाई भने कुनै पनि समस्या नहुने बताउँछन् ।

गत मे महिनामा, एबीसीको फोर कर्नरले कसरी अस्ट्रेलियाको उच्च शिक्षा प्रणालीलाई विदेशी शुल्क तिर्ने विद्यार्थीहरूको बढ्दो निर्भरताले कसरी कमजोर पारिरहेको छ भन्ने अध्ययन गरेका थिए । अध्ययनले अष्ट्रेलियाको शिक्षा उद्योगले बौदिक चोरी, शैक्षिक दुराचार र फेल हुने विद्यार्थीको संख्या बढी भएको रिपोर्ट गरेको कारण विशेष रूपमा भारतीय उपमहादेशबाट आएका विद्यार्थीहरूको गुणस्तरमा नराम्रो असर पारिरहेको देखाएको छ ।

विद्यार्थी भिसामा भएको यस परिवर्तनले भिसाको नतिजा कुरिरहेका विद्यार्थीहरुलाई असर गर्ने बताईएको छ । त्यसैले भिसा आवेदकहरुले कुनै थप जानकारीको लागि अनुरोध पठाउनुभन्दा पहिले भिसाको आवश्यकताहरू पूरा गर्न प्रयास गर्दा निकै राम्रो हुन्छ । मार्च २०१९ सम्मको अष्ट्रेलियाको डाटा अनुसार हाल ६१ लाख १३ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गरिरहेका छन् जसमा सबैभन्दा बढी चीन, भारत र नेपालबाट आएका विद्यार्थी रहेका छन् ।

२०१८ मा मात्रै अष्ट्रेलियामा ५ लाख ४८ हजार अन्तराष्ट्रिय विद्यार्थीहरु भर्ना भएका थिए । उक्त सालको डाटा अनुसार अन्तराष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा २४ खर्ब भन्दा बढी योगदान पुर्याएका छन् । यो रकमले पनि विद्यार्थीहरुको अष्ट्रेलिया प्रति भएको लगाव र विश्वास देख्न सकिन्छ । (एसबिएसबाट अनुवाद गरिएको )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.