मर्जरलाई अन्तर्राष्ट्रिय स्तरबाट हेर्न जरुरी छः शिवराम तिमल्सिना

  २०७६ असोज १२ गते १५:३५     विकासन्युज

बीमितहरुको नजरमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी एक विश्वासिलो कम्पनीको रुपमा स्थापित भएको छ । कम्पनीले बजारको आवश्यकता अनुसार बीमा प्रडक्ट ल्याएको छ । प्रतिष्ठित प्रमोटर रहेकाहरुका कारण सानिमा लाईफलाई बीमितहरुले सहजै विश्वास गरेका छन् । वर्तमान बीमा बजारको बारेमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जेनरल म्यानेजर शिवराम तिमल्सिनासँग नबिन पोखरेलले गरेको विकास बहस ।

सानिमा लाइफ इन्स्योेन्स कम्पनीको गत आर्थिक बर्षको वित्तीय नतिजा कस्तो छ?
हाम्रो व्यालेन्सिट सन्तोषजनक छ । हाम्रो बोनश दर राम्रो छ भने नाफा आर्जनमा समेत हामी सन्तुष्ट रहने अवस्था छ । अब एउटा कम्पनीको कुन-कुन सूचकलाई हामीले आधार मानेर हेर्ने भन्ने कुराले समेत भूमिका खेल्छ । अहिले हाम्रो प्रायः सबै सूचक सन्तोषजनक अवस्थामा नै छ । गत असार मसान्तमा भने कम्पनीको कूल बीमा शुल्क आर्जन ५२ करोड ८० लाख पुगेको देखिन्छ । अघिल्लो बर्ष ९ करोड ४५ लाख रुपैयाँ थियो । नयाँ कम्पनी भएकोले सिस्टम निर्माण र विकास, नेटवर्क निर्माण र विस्तार, कर्मचारीको क्षमता विकास, अभिकर्ताको क्षमता विकासमा हामीले जोड दिएका छौं ।

आगामी दिनमा व्यापार वृद्धि हुने सम्भावना कतिको छ ?
आगामी दिनमा पनि व्यापार वृद्धि हुने अवस्था राम्रै छ । हामीले दक्ष जनशक्ति थप्दैछौं र भएका कर्मचारीहरुको पनि दक्षता बढ्दै गइरहेको छ । यस्तै, बीमाको पहुँच नपुगेका ठाउँमा समेत हामीले हाम्रा स्किमहरु लगिरहेका छौँ । अनलाईन सर्भिस समेत हामीले दिने प्रयास गरिरहेकै छौँ । सोही कारण आगामी दिनमा हाम्रो व्यापार बढ्ने हाम्रो अनुमान छ ।

साधारणसभा कहिले गर्दै हुनुहुन्छ ?
हामीले वित्तीय विवरणहरुको प्रक्रिया सिध्याउन लागेका छौँ । आव २०७४÷७५ को साधारण सभा हामीले दशैँ अगाडिनै गर्ने सोच बनाएका छौँ । प्रक्रियामा केही समस्या आएकाले मात्र ढिलाई भएको हो । तैपनि करिब १ महिना भित्र हामी साधारण सभा गर्छौँ । यस्तै, आव २०७५÷७६ को साधारण सभाको तयारी पनि गर्दैछौँ ।

नयाँ रणनीतिक योजना के छन् ?
हाम्रो रणनीति भनेको बजार बिस्तार गर्ने, अभिकर्ताको संख्यात्मक तथा गुणस्तरमा वृद्धि गर्ने तथा इनोभेटिभ प्रडक्टहरु ल्याउने हो । साथै, बीमा बजारमा रहेको प्रडक्ट भन्दा पनि बजारको आवश्यकता अनुसारको प्रडक्ट ल्याउने रणनीति छ ।

सानिमा लाईफको उद्देश्यलाई बीमितहरुले बुझ्दै आउनु भएको छ । भोलिका दिनमा समेत हामीले उहाँहरुसँग गर्ने सहकार्य जारी रहन्छ ।

उपभोक्ताले सानिमा लाइफ इन्स्योरेन्स कम्पनी नै छान्नु पर्ने कारण चाहीँ के हो ?
आर्थिक स्थिति कम भएका बीमितहरुले समेत सानिमा लाइफमा कुनै अप्ठ्यारो महशुस गर्दैनन् । हाइस्कुल देखी, दम्पत्ती, ग्यारेण्टेड प्रडक्ट, ३ महिनासम्म लाभ लिन सकिने किसिमका प्रडक्टहरु भएकाले नै बीमितले सानिमा लाइफ इस्योरेन्स कम्पनी छान्ने गर्छन् । दाबी भुक्तानीमा हामी निकै अगाडि छौँ भने बीमा सम्बन्धी जानकारीहरुमा पनि हामीले सही सूचना दिँदै आएका छौँ ।नीतिगत रुपमा हामी अनुशासित ढङ्गले बढिरहेका छौँ । सानिमा गु्रपबाट हामी प्रवर्तित छाँै । सोही कुराले नै समाजमा समेत राम्रो छवि समेत बनाएको छ । बैंक, हाइड्रो, जनरल तथा लाइफ इन्स्योरेन्स सानिमा ग्रुपले सञ्चालन गरेकाले पनि बीमितले हामीलाई मान्ने दिगो आधार हुन् । बीमितको माग अनुसारको सेवा हामीले दिन्छौँ तथा सोही अनुसारको प्रडक्ट समेत हामीले ल्याएका छौँ । सानिमा लाईफको उद्देश्यलाई बीमितहरुले बुझ्दै आउनु भएको छ । भोलिका दिनमा समेत हामीले उहाँहरुसँग गर्ने सहकार्य जारी रहन्छ ।

नौला प्रडक्ट यहाँहरुले बजारमा के दिनु भयो ?
हामीले बजारमा (इनोभेटिभ प्रडक्ट) दिने प्रयास गरिरहेका छौँ । बजारमा हाल भइरहेको भन्दा केही फरक दिन अवश्यक रहेको हाम्रो बुझाई हो । सोही अनुसार कार्य सम्पादन समेत गर्दै आएका छौँ ।

पछिल्लो समय बीमा कम्पनीहरुमा कर्मचारी टर्न ओभर धेरै छ, तपाईँको कम्पनीमा कस्तो अवस्था छ ?
कर्मचारीहको टर्न ओभर समान्यता सबै कम्पनीहरुमा भईरहने कुरा हो । यस्तै, बीमा क्षेत्रमा कर्मचारीहरुको टर्नओभर हुने कारण भनेको चाहीँ दक्ष जनशक्ती अभाव हुनु हो । दक्ष जनशक्तीको अभाव भएपछि अनुभविलाई प्राथमिकता दिनु पर्ने हुन्छ । तर, हाम्रोमा तानातानको स्थितिमा भने सिर्जना भएको छैन ।अहिले हामी फ्रेसरहरु राखेर सिप, दक्षता, ज्ञान दिएर अघि बढिरहेका छौँ । हामीले राम्रो सिस्टमको विकास गर्ने हो । बेरोजगारहरु ल्याएर क्षमता विकास गर्न सकेमा त्यसले राम्रो गर्छ । हाम्रो कर्पोरेट कल्चर पृथक छ । हामीसँग जोडिएका साथिहरु कम नै बाहिरिनु हुन्छ । यसलाई हाम्रो तागतको रुपमा हेरेपनि हुन्छ । काम गर्ने कर्मचारीहरुको सोचाई अनुसार प्रशासनले काम गर्न दिने र कर्मचारीहरुले कम्पनीको उद्देश्य अनुसार काम गरेमा टर्न ओभरको अवस्था आउँदैन । हामीले हालसम्म टर्न ओभर भोगेका छैनाँै र भोलिका दिनमा यो अवस्था कायम राख्ने प्रयत्न गर्नेछौँ ।

कर्मचारीको क्षमता विकासमा कम्पनीले के–के काम गरिरहेको छ ?
यसमा त सबै कुरा खुलाउन मलाई नै केही समस्या पर्छ । श्रम ऐनले तोकेका कुराहरु सबैले गर्नै पर्ने हुन्छ । हामीले त्यसको अतिरिक्त कार्य क्षमता अनुसारको प्रमोसन दिँदै आएका छौँ ।कर्मचारीहरुलाई उत्साह हुने किसिमले हामीले काम गर्दै आएका छाँ,ै यसलाई नै अतिरिक्त मान्दा हुन्छ ।

एउटा पक्षमा बीमा कम्पनीहरु मिलेर जाउँ भन्ने हिसाबमा मर्ज हुन सक्छन् । अर्कोतर्फ भने चुक्ता पूँजी नपुग्दा बीमा कम्पनीहरु मर्ज हुने स्थिति आउँछ ।

समग्र बीमा बजारको अवस्था हेर्दा कस्तो पाउनु हुन्छ ?
अहिले बीमा क्षेत्रमा अवसर राम्रो छ । बीमाको पहुँच बढ्दो क्रममा छ । विकसित देशमा बीमा बेचिन्छ भने हाम्रो अहिले बीमा बुझ्ने/बुझाउने क्रममा रहेको छ । बीमाको आफ्नै महत्व रहेको छ ।बचतको सधैँ महत्व हुन्छ । बीमाले भनेको बचत नै गराउने हो । सधै अवसर मात्र भेटिन्छ भन्ने पनि हुँदैन । हामीले केही संघर्ष गर्नु पर्ने पनि हुन्छ । कम्पनीहरुले गरेका संघर्षहरुलाईपनि हामीले अवसरको रुपमा हेर्दै आएका छौँ ।पछिल्लो समयका नीतिहरुले बीमालाई लगानी गर्न केही खुल्ला गरेको छ ।हामी आफैँले विकास गर्दै, जनताहरुलाई बुझाउँदै लानु पर्ने हो । बुझाईमा रहेको कमी पनि एककिसिमको च्यालेन्ज रुपमा स्थापित छ ।

बीमा समितिको नियमन कसरी अघि बढिरहेको छ ?
बीमा कम्पनीहरु बढ्दो क्रममा छन् । बीमा समितिले सुपरीवेक्षणमा आफ्नो काम गर्दै आएको छ । पछिल्लो समय बीमा चेतना बढाउने कुरामा बीमा समिति लागिरहेको छ । सोही कुरामा हामीलेपनि सहयोग गर्दै आएका छौँ । भोलिका दिनमा बीमा कम्पनी र बीमा समितिको सहकार्य तथा डिजिटल युगमा बीमा प्रवेश गर्दा बीमितले लाभ पाउँछन् । हामी सबैको उद्देश्य बजारमा सेवा राम्रो प्रवाह गरौँ भन्ने हो, यसमा बीमा समितिको सहयोगी भूमिका छ ।

पछिल्लो समय बीमा क्षेत्रमा मर्जरको कुरा चलिरहेको छ, यसलाई कसरी हेर्नु हुन्छ ?
मर्जरकालागि विभिन्न कारणहरु आवश्यक हुन्छन् । एउटा पक्षमा बीमा कम्पनीहरु मिलेर जाउँ भन्ने हिसाबमा मर्ज हुन सक्छन् । अर्कोतर्फ भने चुक्ता पूँजी नपुग्दा बीमा कम्पनीहरु मर्ज हुने स्थिति आउँछ । सानिमाको केसमा भने पब्लिकबाट आउने ३० प्रतिशत आएपछि पूरा भई हाल्छ । मर्जरलाई हामीले राष्ट्रिय आवश्यकताबाट भन्दापनि अन्तर्राष्ट्रिय स्तरबाटहेर्न जरुरी छ ।

अन्त्यमा बीमितहरुलाई के भन्न चाहानुहुन्छ ?
हामीसँग व्यवसायिक प्रमोटरहरु हुनुहुन्छ । नेटवर्क बिस्तार हुँदैछ । हाम्रो शाखाबाट नै पोलिसी हातमा लिन सकिने व्यवस्था छ । हामीले प्रविधि मैत्री भएर काम गर्दै आएका छौँ । बीमितहरु ढुक्क भए हुन्छ, हामी राम्रो गरिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.