विश्व मुटु दिवसका अवसरमा अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

  २०७६ असोज १२ गते १४:२९     विकासन्युज


ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ‘स्वस्थ्य मुटु सुरक्षितभविष्य’ भन्ने नाराका साथलायन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लवअफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङगणमा शिविर आयोजना गरेको हो ।

मुटु दिवसका अवसरमा अल्का अस्पतालले विरामीहरुका लागि विभिन्नल्याव परीक्षणमा छुट दिएको छ । इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गरिएकोअल्का अस्पतालले जनाएको छ । मुटुरोग सम्बन्धिनिःशुल्क स्वास्थ्यशिविरमाचिकित्सकले सिफारिस गरेका परीक्षणहरु निशुल्कगरिएको अल्का अस्पतालकाप्रमुखकार्यकारी अधिकृत(सिइओ) दिलिप थापाले बताए ।

उनका अनुसार निःशुल्क शिविरमा जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्क वितरण गरिएको छ ।शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्ममा एक पटक फलो अपमा आउँदा ओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ । विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा भने २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेखे छ । धुमपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक ब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.