हिमालय एअरलाइन्सको नयाँ ब्राण्ड सार्वजनिक, दुईवटा ए३१९ जहाज भित्र्याउने

  २०७६ असोज १२ गते १४:०९     विकासन्युज

काठमाडौँ । हिमालय एअरलाइन्स्ले हिमालको चुचुरोमा उड्दै गरे चीललाई अंकित गर्दै बनाइएको नयाँ लोगो सार्वजनिक गर्दै आफ्नो ब्रान्ड पहिचान नयाँ बनाएको छ । हिमालयको निर्देशक सिद्धान्तः सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्रान्ड पहिचान परिवर्तन गरिएको जनाएको छ ।

रोयल सिंगी होटलमा आइतबार सम्पन्न पत्रकार सम्मेलनमा एअरलाइन्सले आफ्नो नयाँ संस्थागत लोगो सार्वजनिक गरेको हो । रणनीतिक योजना संगै एअरलाइन्सको नयाँ संस्थागत लोगो सार्वजनिक भएको हो । सन् २०१४ मा स्थापना भएदेखि नै हिमालय एयरलाइन्सले व्यवसायको सबै पक्षहरुमा विशिष्ट हुन आफूलाई परिस्कृत गर्दै ल्याएको छ । एउटा जहाज र एउटा गन्तव्य स्थानबाट सुरु गरेको एअरलाइन्स्ले तीन बर्षको अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ ।

आबुधावी, दमाम र दोहालाई नेपालसँग जोड्दै एअरलाइन्स्ले मध्यपूर्वी मुलुकमा आफ्नो बलियो उपस्थिति जनाएको छ । दुई महिना अघि सन् २०१९ जुलाई २०, मा काठमाडौं–ढाका उडान सुरु गरेको यस एअरलाइन्स्ले यो रुटमा सेवा सञ्चालनलाई अझ मजबुत बनाउने संकल्प गरेको छ ।

हिमालय एअरलाइन्सद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाको नयाँ लोगो एअरलाइन्स्का प्रेसिडेन्ट झो एन्योङ र भाइस्् प्रेसिडेन्ट विजय श्रेष्ठले सार्वजनिक गरे । एअरलाइन्सले नयाँ लोगो सार्वजनिक गरेसँगै यसको व्याख्या र संस्थाको प्रगतीलाई ब्रान्ड तथा सर्भिस डिपार्टमेन्टकी प्रमुख उज्ज्वला दलीले प्रस्तुत गरेकी थिइन् । आफ्नो नयाँ ब्राण्ड पहिचान सहित हिमालय एअरलाइन्स् निकट भविष्यमा दुईवटा ए३१९ जहाज भित्र्याउने क्रममा रहेको छ ।

यस्तो छ नयाँ लोगो
हिमालय एअरलाइन्स्को नयाँ लोगोले ‘हिमालय’ मा भएको तीनवटा अंगे्रजी अक्षर ‘ए’ को संयोजनले उड्दै गरेको चीललाई चित्रित गर्दछ । चील हिमालय श्रृंखलामा पाइने पंक्षी हो र यसलाई दृढता र साहसको प्रतिक मानिन्छ जसले हिमालय एअरलाइन्स्को धेरै उचाईमा उड्न सक्ने साखलाई संकेत गर्दछ । त्यस्तै, लोगोमा उल्लेख गरिएको हिमालले हिमालय एअरलाइन्स्को नाम र स्थान व्याख्या गर्दछ ।

त्यसैगरी, लोगोमा प्रयोग भएको निलो, सेतो र सुन्तला रंगहरुको संयोजनले ‘एकीकृत र मेलमिलाप’ को भावलाई प्रतिनिधित्व गर्दछ । निलो रंगले आकाशलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो भद्र, शिष्ट र विश्वसनीयता । सेतो रंगले हिउले भरिएको पहाडलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो पवित्र, शान्ति र पारदर्शिता । त्यसैगरी सुन्तला रंगले जनता र उत्पादकत्वलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो शुभ, सक्रिय र प्रगति । यो संयोजनले हिमालय एअरलाइन्सको संस्थागत मूल्य मान्यतालाई वास्तविक रुपमा प्रतिबिम्बित गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.