मुक्तिनाथका ग्राहकलाई केजे देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% छुट

  २०७६ असोज १२ गते १३:४५     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र केजे देव कर्नर, काठमाडौंबीच सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले केजे देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५% सम्मको छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सञ्चालन विभागका विभागीय प्रमुखसुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट केजे देव कर्नरका प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरे । यो सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.