ज्योति लाईफ इन्स्योरेन्सको ३० प्रतिशत आईपीओ पारित, ६६ करोडको सेयर जारी गर्ने

  २०७६ असोज १२ गते १३:१९     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ३० प्रतिशत साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएकाे छ । कम्पनीको आइतबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको सो प्रतिशत अर्थात ६६ करोड रूपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

असोज १२ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावसहित अन्य प्रस्तावहरुको सर्वसम्मतीले पारित गरेको हो ।

कम्पनीले हालसम्म १ अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । २ अर्ब ४० करोडमध्ये ८५ प्रतिशत उच्च प्रतिफलमुलक निक्षेपमा दिर्घकालिन लगानी गर्न सफल भएको र ७२ करोड ८८ लाखको जीवन बीमा कोष स्थापना गरेको छ ।

साभारण सभाको सभापतित्व कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले गरेका थिए । अध्यक्ष शर्माले कम्पनीले आफ्नो व्यवसाय शुरु गरेको नौ महिनाको छोटो अवधिमा आकर्षक जीवन बीमा योजना जारी, शाखा विस्तार, तालिम प्राप्त दक्ष अभिकर्ताहरु परिचालन, बीमा शुल्क संकलन, जीवन बीमा कोषको स्थापना, उच्च प्रतिफलयुक्त दीर्घकालीन लगानी लगायतका कार्यहरुबाट मुनाफा आर्जन गरेको बताएका छन् । साथै, आर्थिक वर्ष ०७४/७५ देखि व्यवसाय शुरु गरेको यस कम्पनीले आगामी दिनमा व्यवसाय वृद्धिमा विशेष ध्यान दिने उनले बताए ।

साथै, सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी उपप्रमुख, उच्च व्यवस्थापनका पदाधिकारीतथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.