दशैंसँगै उपत्यकामा भित्रिए २५ हजार पशुपन्छी

  २०७६ असोज १२ गते १२:५९     विकासन्युज

काठमाडौं । दशैं नजिकिएसँगै उपत्यकामा खसीबाेकाकाे आयात बढ्दाे रहेकाे छ । पशु क्वारेन्टाइन कार्यालय अन्तर्गत चेकपोष्टबाट २५ हजार २ सय ८३ वटा पशुपन्छी काठमाडौं भित्रिएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तथ्यांक सार्वजनिक गरेकाे हाे ।

यसपालि दशैंमा मूल्य नबढ्ने र सबै उपभाेक्ताहरूले सहज रूपमा मासु प्रयाेग गर्न सक्ने हुँदा दशैंमा मासुकाे विषयमा सार्वसाधारणले चिन्ता लिन नपर्ने  मन्त्रालयमा सह प्रवक्ता प्रदिप भट्टाराईले भने ।

मन्त्रालयको तथ्यांक अनुसार दशैंका लागि सबैभन्दा बढी कुखुरा ३२ हजार १ सय १४ हजार नुवाकोट, धादिङ्, चितवन, कास्की र कैलाली उपत्यका भित्रिएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै खसीबोका ५१३ वटा , राँगा भैंसी ५१० वटा, लौकाट ७ सय ५० वटा भित्रिएका छन् । बारा, पर्सा र चितवनबाट १२ हजार ७ सय ३५ के.जि. माछा र पोखरा, धादिङ्ग चितवनबाट अण्डा ८ हजार ३ सय ४५ पेटी असोज ११ गते शनिबार काठमाडौं भित्रिएका थिए ।

अधिकांश राँगा, भैंसीहरु धनुषा, नवलपरासी, बाँके, खसीबोकाहरु कपिलवस्तु, दाङ्ग, नेपालगञ्ज, नवलपरासी र लौकाट नवलपरासीबाट आयात भएको विवरण मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.