विश्व मुटु दिवसका अवसरमा नर्भिकमा क्याथ ल्याव उद्घाटन

  २०७६ असोज १२ गते ९:३०     विकासन्युज


काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार एक विशेष समारोहकावीच नव जडित क्याथ ल्याव सेवाको उद्घाटन गरेको छ ।

विश्व मुटु दिवसकाअवसर पारेर कवि÷गीतकार तथा नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले सो सेवाको उद्घाटन गरेका हुन् ।

नयाँ क्याथ ल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथ ल्यावपछिको तेस्रो पुस्ताको क्याथ ल्याव हो । उक्त क्याथ ल्याव अत्यन्तै नविनतम् सुविधा र प्रविधिले सुसज्जित भएको हुँदा मुटुका रक्तनली हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुनेछ ।

नर्भिकले विविध कार्यक्रमका साथ शनिबारनै विश्व मुटु दिवस मनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १२ गते आइतबार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.