एनएमबि र ओमको एकीकृत कारोबारको शुरु, चुक्तापूँजी ११ अर्ब ५३ करोड

  २०७६ असोज १२ गते ९:१७     विकासन्युज


काठमाडौँ । एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि.बिच शनिबारदेखि एकीकृत कारोवारको शुरु भएको छ ।

दुबै संस्था गाभिएपश्चात बैंकको चुक्तापूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कूल पूँजी २० अर्ब १५ करोड पुगेको छ । मर्जपश्चात बैंकको नाम एनएमबि बैंक लि. र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहको छ ।

दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमाशाखा सञ्जाल २९ वटा गरी कूल शाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको जनाएको छ ।

एकिकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलबाट पढेर सुनाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.