१२५ घण्टा पढेर विश्व रेकर्ड राखे बझाङका मुकेश जोशीले…

  २०७६ असोज १० गते १९:५८     विकासन्युज

काठमाडौं । बझाङका मुकेशराज जोशीले १२४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमानी राखेका छन् । छ दिन पाँच रात  किताब पढेर उनले विश्व रेकर्ड राखेका हुन् ।

बझाङ जयपृथ्वी नगरपालिकाका जोशीले सो दिनमा २२ वटा किताब पढेका हुन् । गिनिज इभेण्टको अायोजनामा उनले गत पाँच गते बिहान ११ : ३० देखि पढ्न शुरु गरेका थिए । 

१२४ घण्टा ३० मिनेट सम्म उनले इतिहास, विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य उपलब्ध किताबहरू पढेको बताए ।

यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो । उनले ११३ घण्टासम्म पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए । जोशीले  प्रमाणपत्र पाउन भने बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.