आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले जेष्ठ नागरिकलाई ५० प्रतिशत छूट दिने

  २०७६ असोज १० गते १८:२१     विकासन्युज

काठमाडाैं । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् । वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने र्णिय गरेको हो ।

छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने संघका अध्यक्ष क्या रामेश्वर थापाले जानकारी दिए  । साना विमानस्थलमा भने प्रतिदिन प्रतिसेक्टर १ जनाका लागि मात्र यस्तो सुविधा उपलब्ध हुने भएको छ ।

अब जेष्ठ नागरिकले छूट पाउन भने हवाई कम्पनीको काउन्टर मै उपस्थित भई आफू विपन्न भएको स्वघोषणा गर्नुपर्ने शर्त कम्पनीहरुले राखेका छन् । यसअघि नेपाल एयरलाइन्सले सबै आन्तरिक उडानमा ५० प्रतिशत छूटको घोषणा गरेको थियो ।

श्री एयरले समेत ८५ वर्ष भन्दा माथिका नागरिकलाई मात्र ५ सय र ७५ वर्षभन्दा माथिका दुई जनालाई एक उडानमा छूट घोषणा गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका सबै नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छूटको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.