मासुको मूल्य नघटाए सरकारले नै सुपथमूल्यमा खसीबोका बिक्री गर्ने

  २०७६ असोज १० गते १७:४९     विकासन्युज

काठमाडौं । मासु व्यापारीहरूले बजारमा आफ्नो मनोमानी तरिकाले मासुको मूल्य निर्धारण गरी बिक्रि गरिरहेका छन् । बजारमा मासु पसलै पिच्छे मासुको मूल्य फरक फरक देख्न सकिन्छ । भारतबाट खसीबोका आयात रोकिएपछि नेपालमा खसीबोकाको मूल्य एकाएक वृद्धि भएको हो । अहिले बजारमा १ हजार देखि १३ सय रुपैयाँसम्म खसीको मासुको मूल्य सूची नै राखेर व्यापारीहरूले बिक्रि गरिरहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले शुक्रबार उद्योग मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मासुको मूल्य व्यापारीहरूले मनोमानी तरिकाले बढाएको र उपभोक्ताहरू मारमा परेको बताए । शनिबार मासु व्यावसायीहरूसँग बसेर के कारणले मासुको मूल्य बढेको भनेर छलफल गर्ने बताए । उनले भने दशैंको मुखैमा व्यापारीले किन मूल्य बढाए यसको कारण वा तथ्यांक चाहिने बताए । नेपालमा राँगा र भैसीको मासुमा केहि अभाव भैरहेको छ त्यसका लागि पनि सरकारले छलफल गर्छ ।

नेपाल खसीबोकामा आत्मनिर्भर भइसकेका बेला पनि व्यापारीले हाहाकार मच्याएर बजारमा खसीबोकाको अभाव देखाइरहेका छन् । हामीले व्यावसायीहरूलाई भोलि नेपालमा खसीबोकाको आत्मनिर्भर भइसकेको बेला पनि किन मासुको मूल्य वृद्धि गरेको भनेर सोेध्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.