दशैँमा घर जाने अग्रिम टिकट काट्दाको सास्ती, बसपार्क अव्यवस्थित

  २०७६ असोज १० गते १९:२८     सन्ताेष राेकाया

काठमाडाैं ।  बिहिबार बुटवलकी प्रतिभा पोख्रेल टिकट काट्नै बसपार्कमा दुई घण्टा लाईन लागिन् । उनले लाईनमा दुई घण्टाको चर्को घाम मात्र सहिनन् सँगै लाईनमा लागेकी उनले अगाडि–पछाडिका पुरुषबाट दुव्र्यबहार पनि सहिन । ‘पन्ध्र गते जसरी नि घर जानुछ’ रुमालले मुख पुछ्दै उनले भनिन-जति समस्या भए पनि लाईनमा बस्नै पर्यो, महिला पुरुषको छुट्टाछुट्टै लाईन भए सहज हुन्थ्यो, तर यहाँ त भद्रगोल छ ।’ उनले थपिन- पछाडी आएको मान्छे के-के गरेर टिकट काटेर गईहाल्छ, लाईन लागेको मान्छे लाईनमै हुन्छ ।

यस्तै दशैँकै लागि अग्रिम टिकट काट्न बसपार्क पुगेकी भैरहवाकी रेणु शर्माको पनि प्रतिभाको जस्तै गुनासो थियो । साढे दश बजे टिकटका लागि लाईनमा बसेकी उनले साढे १ बजे टिकट पाईन् । तीन घण्टा लाईनमा लागेको गुनासो सुनाउँदै उनले कतिपयले लाईनमा नियतवस ठेलठाल र पेलपाल गर्ने गरेको बताईन् ।

उनले महिला र पुरुषको लाईन छुट्टाछुट्टै हुनु पर्ने अवस्थामा बसपार्क जस्तो सार्वजनिक ठाउँमा पनि एउटै लाईन लगाउँदा महिलाई समस्या हुने गरेको बताईन् । उनले भनिन-‘एकातिर त्यति लामो समय लाईनमा लाग्दाको दु.ख अर्को तर्फ लाईनको ठेलाठेल र पेलपालले पनि महिलाहरुलाई मानसिक यातना सहनु पर्ने बताईन् । महिलाहरुले बसपार्कमा महिला पुरुषको छुट्टा छुट्टै लाईन नहुँदा विभिन्न सास्तीहरु भोग्नु परेकोे गुनासो गरे ।

यस्तै उमेश कुँवरले काउण्टरमा गएर गाईघाटको टिकट मूल्य सोधे । उनलाई काउण्टरवालाले एक हजार दिनु भने पछि उनि टिकट नकाटी अर्को काउण्टरतर्फ लागे । अर्को काउण्टरवालाले नौ सय दिनु भनेपछि उनले गाईघाटको टिकट लिए । यस्ता अनेकौं समस्या र घटनाहरु अहिले बसपार्कमा सिर्जना हुँदै आएका छन् । सुरक्षा निकाय र यातायात व्यवसायीहरु भने लागे रहो मुन्ना भाई भने जसरी टारी रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मुनेन्द्र थापाले आफुहरु महासंघ सँग समन्वय गरेर गाडी व्यवस्थापनमा लागेको बताए । ‘पहिले छुट्टाछुट्टै लाइन बनाउने सोच थियो उनले भने, पछिल्लो समयमा मान्छेहरुको भिड कम हुन थालेपछि र त्यति ठाउँ पनि नभएकोले दुईटा लाईन नगरेको हो ।’

गाडी भाडाको विषयमा काउण्टरवालाले तलमाथि गरे सिधैं कार्बाही गर्ने उनले बताए । उनले नर्मल बस भन्दा एसी र डिलक्स बसको भाडादर बढि लाग्ने भएका कारण यात्रु झुक्किने गरेको जानकारी दिए । हाल व्यवसायीहरुले डिलक्सको २० प्रतिशत र एसीको बसको ४० प्रतिशत बढि भाडा लिने गरेका छन् ।

४६ हजारले लिए टिकट

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बिहिबार बेलुका सम्म ४६ हजार एक सय ५७ जनाले टिकट काटेको बताएका छन् । असोज पाँच गते देखि यातायात व्यवस्था विभागले दशैंको लागि अग्रिम टिकट बुकिङ खोलेको थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दशैंमा यात्रुलाई कुनै पनि समस्या र टिकटको अभाव नहुने बताईरहँदा यात्रुहरुले भने टिकट नपाउने गरेको गुनासो गरेका छन् । यातायात व्यवसायीहरु भने १९ गते सम्मको लागि नै टिकट सकिसकेको बताउँछन् ।

विभिन्न ठाउँबाट बसपार्कमा टिकट काट्न गएकाहरुको बसपार्कमा टिकट नपाएर अलपत्र पर्ने गरेका छन् । यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले बस थप्ने योजना नबनाएको बताए । ‘बस थप्दैमा समस्याको समाधान हुने होइन’उनले भने,नागढुङ्गा सडकमा लामो समय जाममा पर्दा बसहरु समयमै बसपार्क आउन सकेका छैनन्, बस कहिले बसपार्क पुग्छन् टुङ्गो छैन, बस समयमै नफर्के पछि लाईनमा बस्नेलाई टिकट दिन पनि गाह्रो भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.