भत्तासहित रात्रीभोज नपाएपछि सिटिजन्स बैंकको साधारणसभामा हुटिङ, दशैंअघि सेयरधनीको खातामा ३ अर्ब जम्मा हुँदै

  २०७६ असोज १० गते १५:०५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको सेयरधनीका लागि खुशीको खबर छ । दशैंअघि नै दुबैं बैंकले सेयरधनीलाई बोनस खातामा हालिदिने भएको छ ।

शुक्रबार सम्पन्न एनआईसी एशिया बैंकको साधारणसभाले ११ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस प्रस्ताव पारित गरेको छ । नगद वाफत ९७ करोड ६४ लाख रुपैयाँ सेयरधनीलाई वितरण गर्दै छ भने ८८ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछ ।

त्यस्तै, शुक्रबार नै सम्पन्न सिटिजन्ज बैंक इन्टरनेशलनको साधारणसभाले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकका सेयरधनीले दशैंअघि नै १ अर्ब ४५ लाख रुपैयाँ नगद लाभांश र २५ करोड ११ लाख रुपैयाँ बराबरको बोनस सेयर पाउने भएको छन् ।

दुई बैंकका दुई लाख भन्दा बढी सेयरधनीको खातामा दशैंअघि नै करिव ३ अर्ब रुपैयाँ बोनस खातामा जाने भएको छ । दशैंअघि नै १ अर्ब ९८ करोड रुपैयाँ बराबर नगद लाभांश पाउने भएका छन् भने १ अर्ब १४ करोड रुपैयाँ बराबरको बोनस सेयर पाउने भएका छन् ।
नगद लाभांश सोझै सेयरधनीहरुमा आ–आफ्नै बैंक खातामा जम्मा हुने र बोनस सेयर सेयरधनीको सेयर खातामा जम्मा हुने सम्बन्धित बैंकले जनाएका छन् ।

गत आर्थिक वर्षको वासलातसहित पहिलो पटक दुई बाणिज्य बैंकले आयोजना गरेको साधारणसभा एकै दिन मात्र थिएन, एउटै समय विहान ९ बजे शुरु गरेका थिए । एनआईसी एशिया बैंकले त्रिभुवन आर्मी क्लवमा गरेको साधारणसभा भव्य र सभ्य थियो । साधारणसभा शान्तिपूर्ण ढंगले सम्पन्न भएको र बैंकले प्रस्ताव गरेको सबै प्रस्तावहरु साधारणसभाले पास गरेको बैंकले जनाएको छ ।

तर सिटिजन्स बैंकको अमृत भोग पार्टी प्यालेसमा गरेको साधारणसभा भने शान्त भएन । केही सेयरधनीले सञ्चालक समितिको भत्ता वृद्धि प्रस्तावको व्यापक विरोध गर्दै होहल्ला गरेका थिए । करिब ३०/४० जनाकाे समूहले भत्ता वृद्धिकाे विराेधमा हुटिङ गरेपछि बैंकले उक्त प्रस्ताव फिर्ता लिएकाे छ । सञ्चालक समितिकाे अन्य सबै प्रस्ताव पारित भएकाे छ ।

होहल्ला गर्नेमा भीआइपी सेयरधनी भनेर चिनिने साना लगानीकर्ता थिए । यस्ता लगानीकर्ताको संख्या करिव ३०/४० जनाको समूहमा छ । उनीहरु नेप्सेमा सूचिकृत हरेक कम्पनीको १०/२० कित्ता सेयर लिन्छन् । उनीहरु सबै कम्पनीको साधारणसभामा जान्छन् ।

साधारणसभा हुनुपूर्व सम्बन्धित कम्पनीले रात्रीभोजका साथ खाममा २/५ हजार दिएको छ भने भीआईपी सेयरधनीले साधारणसभामा सम्बन्धित कम्पनी र सञ्चालक समितिको तारिफ गर्छन । जुन कम्पनीले यस्ता सेयरधनीलाई रात्रीभोजसहित खामबन्दी रकम दिदैन, त्यस कम्पनीको साधारणसभामा हो हल्ला गर्ने र सञ्चालक समितिको प्रस्ताव विफल बनाउने प्रयत्न गर्छन ।

एक जना भिआईपी सेयरधनीका अनुसार एनआईसी एशिया बैंकले भीआईपी सेयरधनीलाई गत साता पाँच तारे होटलमा रात्री भोजसहित प्रतिव्यक्ति ५ हजार रुपैया वितरण गरेको थियो । तर सिटिजन्ज बैंकले त्यस्तो गरेको थिए । परिणाम एनआईसी एशिया बैंकको साधारणसभा शान्ति भएको तर सिटिजन्स बैंकको साधारणसभामा होहल्ला र हुटिङ भएको जानकारहरु बताउँछन् ।


सम्बन्धित समाचारहरू


सिटिजन्स बैंकमा फर्किए राजनसिंह भण्डारी

राजनसिंह भण्डारी सिटिजन्स बैंकको अध्यक्ष, सञ्चालक बने युवा उद्यमी पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.