एनएलजी इन्स्योरेन्सको तेह्रौं साधारण सभा सम्पन्न, ‘पोर्टफोलियो निरन्तर बृद्धिमा’

  २०७६ असोज १० गते १२:४४     विकासन्युज


काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, पानीपोखरी, काठमाडौँको तेह्रौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७५ साल असार मसान्तको वासलात, २०७४ साउन १ देखि २०७५ असार ३२ सम्मको नाफा-नोक्सान हिसाब र नगदप्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयहरु छलफल भई पारित गर्ने निर्णय गर्यो ।

कम्पनीका अध्यक्ष बिमलप्रसाद वाग्लेले बिगतका वर्षहरुमा कम्पनीले नियमित लाभांश प्रदान गर्दै आएकोमा यसपटक बीमा समितिको निर्देशनअनुसार एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा बिभिन्न किसिमको व्यवस्था तथा जगेडामा रकमान्तर गर्नु पर्दा लक्ष्य अनुसार लाभांश वितरण गर्न नसकिएको जानकारी गराए ।

बीमा समितिको निर्देशनअनुसार रु. एक अर्ब चुक्ता पूँजी पुर्याउनको लागि २०७६ जेठ १४ गते सम्पन्न विशेष साधारण सभाको निर्णय अनुसार ६० प्रतिशत हकप्रद शेयर जारी गर्न लागिएको अध्यक्ष वाग्लेले जानकारी गराएका हुन् ।

कम्पनीले आव २०७४/०७५ मा कुल बीमा शुल्क आम्दानी रु. १५० करोड ४८लाख, खुद बीमा शुल्क आम्दानी रु. ६९ करोड १५ लाख र खुदनाफा रु. २४ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ११.६८ प्रतिशतले बृद्धि भई २०७५ साल असार मसान्तमा रु. १९६ करोड पुगेको छ ।

आव २०७५/०७६ मा कम्पनीको कूल कारोबार गत आव २०७४/०७५ कोे तुलनामा १०.६८ प्रतिशतले बृद्धि भई, रु. १६६.५६ करोड बीमा शुल्क आर्जन गरेको छ र सबै पोर्टफोलियोहरु निरन्तर बृद्धिमा रहेको कम्पनी सचिव मनोज श्रेष्ठले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.