विश्व मुटु दिवसको अवसरमा नर्भिकले गर्यो प्रभातफेरी

  २०७६ असोज १० गते १२:०८     विकासन्युज

 

काठमाडौँ । विश्व मुटु दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले शुक्रबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । गतवर्ष नर्भिकमा विविधखाले मुटुरोगको सफलतापूर्वक उपचार गराई नव जीवन प्राप्त गरेका बिरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्राडा यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागी थिए । प्रभातफेरि नर्भिकको प्राङ्गणबाट सुरु भई कुपण्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो ।

विश्व मुटु दिवसकै अवसरमा शनिबार एक मुटु रोग सम्बन्धी कार्यक्रम आयोजना गरिने हस्पिटलले जनाएको छ । कार्यक्रममा मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदि बारे विरामी पक्ष लगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने कार्यक्रम छ । प्रशिक्षण प्राडा भट्टसहित मुटुरोग विशेषज्ञहरुको टोलीले नर्भिकको ओपीडी विभागमा दिने जनाइएको छ ।

विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारिखका दिन मनाइदै छ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.