आज विश्व पर्यटन दिवस, सबै पर्यटकलाई हानले २० प्रतिशत छुट दिने

  २०७६ असोज १० गते ९:२४     विकासन्युज


काठमाडौं । ४० औं विश्व पर्यटन दिवस नेपालमा पनि शुक्रबार धुमधामका साथ मनाइँदै छ । ‘पर्यटन र रोजगारः सबैका लागि सुनौलो भविश्य’ भन्ने मूल नाराका साथ नेपालमा पनि सेप्टेम्बर २७ अर्थात असोज १० गते विश्व पर्यटन दिवस मनाइने भएको हो । दिवसका अवसरमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाहरु मिलेर विविध कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसंघिय पर्यटन संगठनको आब्हानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाईदै आएको छ । सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको पर्यटन बोर्डले शुक्रबार राजधानीको ठमेलमा दिवसको औपचारिक कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

पर्यटन क्षेत्र सँग सम्बन्धित ५० भन्दा बढि संघ सस्थाहरुले राजधानीको ठमेलबाट प्रभातफेरी निकाल्ने तयारी रहेको बोर्डले जनाएको छ । बोर्डले दिवसका अवसरमा सबैभन्दा बढि पर्यटक भित्र्याउने पर्यटन उद्योगलाई सम्मानित समेत गर्ने बोर्डका सिनियर डाइरेक्टर हिक्मत सिंह ऐरले बताए ।

बोर्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, र पर्यटक भित्रिने मुख्य नाकाहरुमा नेपाल भित्रिने पर्यटकहरुलाई त्यहाँका पर्यटक सँग सम्वन्धित संस्थाहरुबाट विशेष स्वागत गर्ने जनाएको छ । यस्तै होटल एसोसिएसन अफ नेपालले नेपाल भित्रिने पहिलो दुई अन्तराष्ट्रिय पर्यटकलाई ५० प्रतिशत छुट र सबै पर्यटकलाई २० प्रतिशत छुट सहितको कुपन प्रदान गर्ने जनाएको छ ।

हानले विविध झाँक्री सहितका साँस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । यस्तै देशभर विभिन्न कार्यक्रहरु गरी विश्व पर्यटन दिवस मनाइने जनाएको छ । पर्यटन सम्बन्धि संघं सस्थाहरुले विभिन्न जिल्लाहरुमा हेल्थ चेकअप, साँस्कृतिक कार्यक्रमहरु र पर्यटन सम्वन्धि विविध कार्यक्रम गरी दिवस मनाउने भएका छन् ।

ठमेलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका राज्यमन्त्री धनबहादुर बुढाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना हुने बोर्डले जनाएको छ । यो कार्यक्रमले पनि नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन धेरै सघाउ पुग्ने बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.