‘सुजुकी जिक्सर २५०’ पर्ला त नेपाली युवाको रोजाईमा ?

  २०७६ असोज ९ गते १९:५२     विकासन्युज


काठमाडौँ । नेपालका लागि सुजुकी टू व्हीलर्सको आधिकारिक बिक्रेता भीजी अटोमोवाइल्स प्रालिले हालसालै सम्पन्न ‘नाडा अटो शो–२०१९’ मा ‘जिक्सर २५०’ सार्वजनिक गरेको थियो । यो विल्कुलै नयाँ मोडेल नेपाल आउनु अघि भारतीय बजारमा सार्वजनिक भएको थियो । ‘२०१९ जिक्सर १५५’ जस्तै देखिने यो मोडेल सो बाइकको तुलनामा अझ बढि मस्कुलर र कम्प्याक्ट समेत छ ।

सुजुकीले जिक्सर २५० मा विल्कुलै नयाँ फ्ल्याट एलइडि हेडलाइट, नयाँ फूल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ट्याङ्क स्राउड, बेली प्यान र स्प्लिीट सिटजस्ता फिचरहरु दिएको छ, जसको कारण यो बाइक एकदमै स्टाइलिस र एग्रेशिभ पनि देखिएको छ । सुजुकीले यस मोडेलमा एलइडि टेल लाईट, डुअल ब्यारेल एक्जस्ट र मडगार्डजस्ता कुराहरु दिएर यसको रियर सेक्सनलाई पनि आकर्षक बनाएको छ ।

६–स्पिड गियरबक्स दिइएको जिक्सर २५० मा २४९ सीसी सिङ्गल–सिलिण्डर, एसओएचसि, फ्यूल इन्जेक्टेड इञ्जिन दिइएको छ जसले २६ बिएचपिको पावर र २२.६ एनएमको टर्क प्रोड्यूस गर्दछ । यो इञ्जिनमा ओएल कुलिङ टेक्नोलोजी समावेस गरिएको छ जुन इञ्जिन चिस्याउनमा एयर कुलिङ टेक्नोलोजी भन्दा राम्रो मानिन्छ ।

टायरको कुरा गर्नुपर्दा यस बाइकमा प्रयोग गरिएको अगाडिको ११०/७० सेक्सनको र पछाडिको १५०/६० सेक्सनको गरी दुवै टायरहरु जिक्सर १५५ को भन्दा चौडा छन् । त्यसैगरी दुवै चक्कामा डिस्क ब्रेक दिइएको यो बाइकमा डुअल च्यानल एबीएस पनि दिइएको छ जसले बाइकलाई एकदम सुरक्षित समेत बनाएको छ ।

भीजी अटोमोवाइल्स प्रालिले नेपाली बजारमा जिक्सर २५० को मूल्य रु.४,६१,९०० तोकेको छ । त्यसैगरी दशैं र तिहारको अफर अनुरुप भने कम्पनीले यस बाइकको खरिदमा रु.१०,००० नगद छुटको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.