विश्व मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण नि:शुल्क

  २०७६ असोज ९ गते १८:३५     विकासन्युज

काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण निशुल्क गर्ने भएको छ । विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो ।

अस्पतालसहित लायन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदैछन् । ‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर अस्पताल प्राङ्गणमा सो दिन निःशुल्क स्वास्थ्य शिविर पनि हुदैँछ ।

मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु मात्र निशुल्क हुने अल्का अस्पतालका सिइओ दिलिप थापाले बताए । उनका अनुसार सो दिन अस्पताल परिसरमा हुने निशुल्क शिविरका जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निशुल्क वितरण गरिनेछ । शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नु नपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.