कारहरुको लागि होण्डाको ड्रिम एक्सचेञ्ज योजना 

  २०७६ असोज ९ गते १८:११     विकासन्युज


काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले तीन दिनका लागि होण्डा ड्रिम एक्सचेञ्ज योजना ल्याएको छ ।

असोज ९, १० र ११ गते, होण्डा कार शोरुम, रिङ्गरोड धोबीघाटमा हुने एक्सेन्ज योजनामा कुनै पनि पुरानो कारसँग नयाँ होण्डा कार एक्स्चेन्ज गर्न सकिने छ । योजना अविधि भर होण्डाका ग्राहकहरुले एक्सचेन्जमा विभिन्न सुविधाका साथै आकर्षक एक्स्चेन्ज बोनस समेत प्राप्त गर्न सक्नेछन् ।

योजना अन्तर्गत ग्राहकहरुले होण्डाको दशैं योजना अन्तर्गतका उपहार तथा सुविधाहरुका साथै ९.५% को ब्याजदरमा ७०% सम्मको फाइन्यानसिङ्ग सुविधा, रु. १ लाखसम्मको आकर्षक बोनस एक्स्चेन्ज, रु.५०,००० सम्मको आकर्षक लोयालिटी बोनस तथा टेष्ट ड्राइभमा आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.