विश्व मुटुरोग दिवसको अवसरमा नर्भिकले विशेष प्रशिक्षण दिने

  २०७६ असोज ९ गते १४:११     विकासन्युज


काठमाडौं । विश्व मुटु दिवस २०१९ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि असोज ११ गते शनिबार तालिम दिने भएको छ ।

बिशेष खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमूलक कार्यक्रमको आयोजना गर्न लागेको अस्पतालले जनाएको छ ।

साथै उक्त कार्यक्रममा सहभागिताका लागि सम्बन्धित बिरामी÷अन्य व्यक्तिहरुलाई अस्पतालले आमन्त्रण गरेको छ । कार्यक्रम बिहान ८ बजेदेखि १० बजेसम्म हुने जनाइएको छ ।

उक्त कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जेपी जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठ र डा. राजिव श्रेष्ठले तालिम दिने अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.