वाणिज्य विभागमा उद्योग मन्त्रीको निर्देशन, ‘उपभोक्ता ठग्ने व्यापारीलाई कार्वाही गर्नू’

  २०७६ असोज ९ गते १५:३५     राजाराम न्यौपाने

काठमाडौं । बिहीबार कार्यालय समय शुरु हुने बित्तिकै पुल्चोकबाट उद्योग मन्त्रालय हिडेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको गाडी बबरमहलबाट बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तिर मोडियो । विभागमा पुगेर उद्योग मन्त्री यादवले चाडपर्व नजिकिंदै गएको अवस्थामा जनताले उपभोग गर्ने बस्तुको अनुगमन कस्तो तरिकाले भइरहेको छ भनी कार्यालयका कर्मचारीसँग छलफल गरे ।

मन्त्री यादवले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन लगायत सबै कर्मचारीलाई राखेर बजारमा देखिने गरी अनुगमन गर्न निर्देशन दिए । विभागका कर्मचारी सामु मन्त्री यादवले भने–‘खरिद र बिक्रीको बिललाई हेरेर उपभोक्तालाई ठगेका व्यापारीहरुलाई कार्वाही गर्न निर्देशन दिए ।’ अनुगमनमा असहज भयो भने हामी पुलिस पठाइदिउला उपभोक्ता ठगिनबाट जोगिनै पर्यो–उनले भने ।

विभागका सूचना अधिकारी रघुनाथ महतले दैनिक ७-८ वटा टोलीले बजार अनुगमन गरिरहेको बताए । विभागमा उजुरी परेको र उपभोक्ताबाट गुनासो आएका पसल÷सुपरमार्केहरुमा अनुगमन गरिएको उनले जानकारी दिए ।

चाडपर्व नजिकिंदै जाँदा भइरहेका अनुगमनप्रति उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँले सरकारले अहिले गरेको अनुगमन नाटक मात्रै भएको बताए । अनुगमन कसरी गर्ने भन्ने ऐन कानुनमै उल्लेख छ, तर सरकाले आफ्नै तरिकाले अनुगमन गरिरहेको छ । यसले बजारमा सरकार छ है भनेर मात्रै देखाइ रहेको छ । उपभोक्ता मारमा परिरहेका छन्, मञ्चका अध्यक्ष बानियाँ भने–‘सरकारले गरेको अनुगमनले उपभोक्तालाई कुनै किसिको राहत दिएको छैन ।’

यस सम्बन्धमा नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बजार अनुगमन गर्ने कुरा राम्रो हो, तर चाडपर्व केन्द्रित मात्रै अनुगमन हुनु भएन । कहिले वाणिज्य विभाग, कहिले राजस्व, कहिले आपुर्ती र कहिले सिडियोले अनुगमन गर्ने भएकाले पनि व्यापारी दिक्क भएको उनले बताए । उनले दशैँका बेलामा व्यापारीले व्यापार गर्ने हो, सरकारले यहि बेलामा मात्रै अनुगमन भनेर व्यापारीलाई दुःख दिरहेको बताए । सरकारले चाडपर्वमा मात्र हौयन बाह्रै महिना अनुगमन गर्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.