दशैंमा घर जाने टिकट मोबाइलबाटै, बसपार्कहरुमा भने उस्तै भीड

  २०७६ असोज ९ गते १३:४४     सन्तोष रोकाया


काठमाडौं । यतिखेर दशैं तिहार मनाउन घर जानेहरूको भिड लाग्ने गरेको छ । कतिपयले टिकट काटेर घर जान तयार भइसकेका छन् भने कति टिकट लिनका लागि राती समेत लाईन लागेर बस्नुपर्ने अवस्था छ । त्यो अवस्थालाई अन्त्य गर्न र यात्रुहरूको मागलाई मध्येनजर गर्दै बस सेवाले अनलाइन सेवालाई तिब्रता दिएको छ ।

वि.स २०७१ सालमा स्थापना भएको बस सेवा मार्फत यात्रुहरूले आफ्नो घरमै बसेर अनलाइन मार्फत टिकट लिन सक्छन् । घरमै बसीबसी टिकट काट्न पाइने र बसपार्कमा गएर टिकट लिनु पर्ने झन्झट अन्त्य गरेपनि भरपर्दो र सर्वसुलभ नहुँदा अहिले पनि रातभरी लाइनमा बसेर टिकम काट्नुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन । अहिले पनि दशैं तिहार समयमा बसपार्कमा यात्रुहरुको भिड हुना गरेको छ । यद्यपि पछल्लो समय अनलाईन टिकटिङमा यात्रुहरुको आकर्षण बढेको छ ।

भदौ पाँच गते देखि यातायात व्यवस्था विभागले यात्रुहरुको लागि दशैंको अग्रिम टिकट बुकिङ शुरु गरेको हो । सो अवधिदेखि हाल सम्म बससेवाले आठ हजार टिकट लिइसकेको बससेवाका महाप्रवन्धक मोहन बेल्बासेले बताए । उनले अघिल्लो वर्ष ४ हजार जनाले टिकट लिएको बताए । यो वर्ष विभागले अग्रिम टिकट बुकिङ खोलेको चार दिनमै आठ हजार जनाले टिकट लिइसकेका छन् ।

धेरै ग्राहकको अनलाईन मार्फत टिकट काट्ने रुची हुँदा हुदै पनि सीमित सिट संख्याका कारण सेवा दिन नसकिएको उनले बताए । यातायात व्यवसायीले टिकट दिए जति पनि टिकट काट्न सकिने उनले बताए । तर हाल धेरै बस व्यवसायीहरुले टिकट काट्न अनुमति नदिएको उनले बताए । यात्रुहरुको सहजीकरणका लागि सरकारले कुनै चाँसो नदेखाएको उनले बताए ।

बससेवाले हाल काकडभिट्टा, विरगञ्ज, भद्रपुर, गौर, बुटवल, बिर्तामोड, हेटौडा, भैरहवा, बुधबारे, चितवन,सुनौली, बनियानी, गोर्खा, लुम्बीनी, तौलिहवा, तेह्रथुम। भुलभुले, ईलाम र धरानका लागि बस टिकट सेवा दिइरहेको छ । यस्तै बससेवा मार्फत यात्रुहरुले पाल्पा, पोखरा, दाङ, दैलेख, बाग्लुङ, म्याग्दी लगायतका ठाउँहरुका लागि टिकट लिन सक्नेछन् । उल्लेखित ठाउँहरुमा टिकट पाइने भएपनि पूर्वका लागि भने टिकटको अभाव भएको उनले बताए । सुदूरपश्चिममा भने त्यहाँका यातायात व्यवसायीहरुले टिकटको अनुमति नदिदा यात्रुहरुलाई सेवा दिन नसकिएको बताइएको छ ।

‘सुदूरपश्चिमका यातायात व्यवसायीहरुबीच टिकट बारे कुरा भइरहेको छ’ उनले भने, यो दशैंमा नसकिए पनि त्यसपछि भने सुदूरपश्चिमका जिल्लाहरूका लागि पनि बससेवा मार्फत सेवा दिने सकिने छ ।’ यात्रुहरुले बसेसेवा डटकम, ईसेवा, आइएमई पे, मोवाइल बैंकिङ तथा इन्टरनेट बैकिङ लगायत माध्यमबाट सहजै टिकट काट्न सक्ने बताइएको छ ।

यस्तै याताायात व्यवस्था विभागले भने यातायात क्षेत्रलाई सरल र यात्रुहरुलाई टिकट काट्न सहज वातावरण सिर्जना गर्ने खालका कुनै रणनीति अपनाएको देखिदैन । अनलाईन टिकटिङ सम्बन्धि विभागले कुनै कुरा नसोचेको विभागका सूचना अधिकारी तिर्थराज खनाल बताउँछन् । उनका अनुसार यो दशैंमा यात्रुहरुलाई कुनै पनि मर्का नहुने गरी टिकट प्रदान भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.