यस्तो छ ‘एनएस २०० एफआई’, एबीएसका साथ पनि चाँडै आउने

  २०७६ असोज ९ गते ११:१३     विकासन्युज

काठमाडौं । बजाजले केही समय अघि एनएस २०० को ‘एफआई’ भेरियन्टलाई नेपालमा सार्वजनिक गरेको थियो । नाडा अटो शोमा पनि शोकेस गरिएको यस मोडेलको बजार मूल्य भने कम्पनीले रु.३ लाख ३४ हजार ९ सय तोकेको छ ।

‘बजाज पल्सर एनएस २०० एफआई’ को डिजाइन पहिलाकै मोडेलजस्तो रहेको छ । तर यस मोडेलले भने पहिलेको मोडेलभन्दा पावर र माइलेज चाहिँ केही बढी प्रदान गर्छ । ६–स्पिड गियरबक्स दिइएको यस बाइकमा १९९.५ सीसी सिङ्गल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन दिइएको छ जसले २३.१७ बिएचपिको पावर र १८.३ एनएमको टर्क प्रोड्यूस गर्दछ ।

यो इञ्जिन फ्यूल इन्जेक्टेड इञ्जिन हो जसको विशेषता बाइकले दिने माइलेजमा लामो समयसम्म एकरुपमा ल्याउनु र त्यसैगरी इञ्जिन चिसिएर स्टार्ट नहुने समस्यालाई पनि समाधान गर्नु हो ।

त्यसैगरी, यस बाइकले १३० केएमपीएच प्लस टप स्पिड र पहिलेको तुलनामा १५ प्रतिशत बढी माइलेज पनि प्रदान गर्छ । अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडि निट्रोक्स मोनो शक दिइएको यस बाइकका दुवै चक्कामा भने डिस्क ब्रेक दिइएका छन् ।

नेपालका लागि बजाज टू व्हिलर्सको आधिकारीक विक्रेता एचएच बजाजले यस बाइकको कार्बुरेटर भेरियन्टको मूल्य भने ३ लाख १९ हजार ९ सय तोकेको छ । कम्पनीले जनाए अनुसार अब नेपाली बजारमा एबीएस र एफआई इञ्जिन दुइटै समाबेस भएको ‘एनएस २००’ चाँडै आउँदैछ र यसको मूल्य चाहिँ अझ केही बढी हुनेछ ।

कम्पनीले यो दशैं र तिहारको अवसरमा ‘बजाज भविष्यवाणी’ योजना ल्याएको छ, जस अन्तर्गत बजाजका कुनैपनि बाइक किन्नु अघि रु.१ लाख सम्म एडभान्स क्यास जित्न सकिनेछ भने किनिसकेपछि पनि फेरि अर्को रु.१ लाख सम्मको क्यास प्राइज जित्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.