युवा पलायनलाई न्यूनीकरण गर्ने ‘कृषिमा युवा कार्यविधि’ अन्तिम चरणमा

  २०७६ असोज ९ गते ११:०१     सुनिता पुडासैनी

काठमाडौं । कृषि क्षेत्रबाट युवा पलायनलाई न्यूनीकरण गर्न ‘कृषिमा युवा कार्यविधि’ अन्तिम चरणमा पुगेको छ ।

कृषि पेशालाई मर्यादित एवं व्यवस्थित गर्न एकीकृत रुपमा पूँजी र प्रक्रिया प्रवाह गरी युवाहरुलाई यस क्षेत्रमा आकर्षित गरी स्वरोजगार प्रबर्धन मार्फत ग्रामिण क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले नेपाल सरकारले उक्त कार्यविधि निर्माण गरिरहेको कृषि मन्त्रालयले जनाएको छ ।

युवा पलायनलाई न्यूनीकरण गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्याउनका लागि नै यो क्षेत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले  ‘कृषिमा युवा कार्यक्रम संचालन प्रक्रिया, २०७६’ अघि बढाएको  हाे ।

कार्यविधि पारित भएर अर्थमन्त्रालयबाट कार्यक्रम पारित भए पछि लागु हुनेछ साे उल्लेख रहेकाे छ । उक्त कार्यक्रम सातैवटा प्रदेशमा संचालन हुने मन्त्रालयले जनाएको छ ।

हाल जम्मा २८ वटा जिल्लामा लागु गर्ने सबै भन्दा बढी प्रदेश नं. ५ बाट ६ वटा जिल्ला, गण्डकी प्रदेशमा ५ जिल्ला , कर्णाली प्रदेशमा ३ जिल्ला रहेका संचालन गर्ने कार्यविधिमा उल्लेख भएसँगै सबैभन्दा कम सुदुर पश्चिम प्रदेशमा २ वटा जिल्ला त्यस्तै प्रदेश नं. १, २, ३,मा क्रमश ४, ३, ५ जिल्लाहरु युवा पलायनलाई न्यूनीकरण गर्ने जिल्ला भित्र समावेश  रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

उक्त कार्यविधिका लागि ११ जनाको कार्य समिति रहेको छ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव अध्यक्ष हुनु पर्ने व्यवस्था कृषिमा युवा कार्यविधि रहेको छ ।

कार्यक्रमका लागि छनौट भएका बाली वस्तु र सम्बन्धित व्यवसायको न्यूनतम कार्ययाेजना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.