नेपाल इन्स्योरेन्स उद्घोष, ‘दुई वर्षमा नम्बर वान बन्छौं, हात हातमा बीमा पोलिसी पुर्याउँछौ’

  २०७६ असोज ८ गते १९:४६     विकासन्युज

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी २ वर्षमा निर्जीवन बीमातर्फ नेपालको नम्बर वान बीमा कम्पनी बन्ने उद्घोष गरेको छ । ७२ वर्ष पुरा गरी ७३ औ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले दुई वर्षमा नम्बर वान बन्ने आधारहरु समेत पेस गरेका छन् ।

‘दुई वर्षपछि हामी प्लाटिनियम जुब्ली (हिरक महोत्सव) मनाउँदै छौ । त्यतिबेला हामी नेपालको टप थ्री कम्पनी बन्ने छौं । टप थ्री भित्र टप वान पनि हुन्छ’ सीईओ शाहले भने ।

‘विगत दुई वर्षमा कम्पनीको व्यवसाय ६० प्रतिशतले वृद्धि भएको छ । आगामी दुई वर्षमा उच्च दरको वृद्धि हासिल गर्ने आधारहरु हामीले तयार गरिसकेका छौं’ शाहले भने ।

प्रमुख कार्यकारी अधिकृतको घोषणालाई कम्पनीको अध्यक्ष अर्जुन पौडेल शर्माले समर्थत गरे । ‘नेपाल इन्स्योरेन्स कम्पनीको साधारणसभाले सञ्चालक समितिलाई मर्जर तथा एक्जिशनको अख्तियारी दिएको छ । हामीले मर्जर कमिटि बनाएर काम थालेका छौं’ अध्यक्ष शर्माले भने–‘बीमा कम्पनीको संख्या बढी नै भएको भन्ने महसुश बजारले गरेको छ । नियामक निकाय बीमा समितिको चाहानालाई समेत ध्यानमा राखेर हामीले मर्जर प्रक्रियालाई प्राथमिकतामा राखेका छौं ।’

आक्रामक बजार विस्तर र मर्जरको प्रक्रियाबाट दुई वर्षमा नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी बन्ने अध्यक्ष र सीईओको भनाई रहेको छ । ‘हवाई बीमाको बीमा शुल्क बढी भएपनि पुर्नबीमामा ९९.५ प्रतिशत जान्छ । हामीले हवाई बीमामा जोड नदिएकोले बीमा शुल्कको आधारमा हामी टप थ्री बन्न नसकौला, अरु सबै परिसूचकको आधारमा हामी टप थ्री, हुन सक्स टप वान बन्ने छौं’ सीईओ शाहले भने ।

स्थापनाको आधारमा सबैभन्दा जेष्ठ कम्पनी रहेको नेपाल इन्स्योरेन्स कम्पनीका सेवाको आधारममा श्रेष्ठ बन्ने उनको दावी छ । ‘साईबर क्राइम इन्स्योरेन्स हामीले नै पहिलो पटक ल्याएका छौं । हामी बीमालाई गाउँ गाउँ पुर्याउछौ भनिरहेका छैनौ, प्रविधिको प्रयोग गरेर सबैको हातहातमा बीमा पुर्याउने रणनीतिक योजनासहित हामी अगाडि बढेको छौ’ शाहले भने ।

कम्पनीका नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले नेपाल इस्योरेन्स कम्पनीले लामो इतिहास बोकेको जनाउँदै भने–‘इतिहासले विश्वास बोक्छ । विश्वासको आधारमा नै बीमा व्यवसाय संचालन हुन्छ । नेपाल इन्स्योरेन्सले सबै नेपालीको विश्वास जितेको छ ।

कर्मचारीहरु पुरस्कृत

७२ औ वार्षिक उत्सवको अवसरमा नेपाल इन्स्योरेन्सले आयोजना गरेको अर्को कार्यक्रममा कम्पनीमा २५ वर्षसम्म काम गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक, २० वर्षसम्म काम गर्ने कर्मचारीलाई प्रशंसा पत्र तथा उत्कृष्ट कर्मचारीहरुलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल इस्योरेन्स कम्पनीका विरागटनगर, हेटौडा, धनगढी, सतुङ्गल, न्युरोड, तथा कम्पनीको प्रधान कार्यालय कर्मचारीहरु पुरस्कृत भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.