एनआईसी एशियाले गर्यो खातावालाहरुलाई बीमा रकम भुक्तानी

  २०७६ असोज ८ गते १८:४९     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजना अन्तर्गत विभिन्न खातावालहरुलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ ।

बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउप्रसाद गुरुङ दुर्घटनामा परी निधन भएका कारण खातावालकी श्रीमती रनसुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम रु ४,९१,२५३/- भुक्तानी गरिएको छ ।

यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६,५१९/-, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई रु ६७,९३३/-, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई रु ५९,९०४/-, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई रु १०,४३९/- र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८,७५०/- रकम भुक्तानी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.