असोज १० गते देखि मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी

  २०७६ असोज ८ गते १७:०८     विकासन्युज

काठमाडौं । असोज १० देखि ११ गतेसम्म सानेपाको हेरिटज गार्डेनमा ७ औं ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ हुने भएको छ । ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सम्पूर्ण सामाग्रीको सम्बर्दन, प्रवर्दन र बजारिकरण गर्ने उद्देश्यले युवा उद्यमी मञ्चले उक्त प्रदर्शनीको आयोजना गर्ने भएको हो ।

बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रदर्शनीको बारेमा जानकारी गराए । युवा उद्यमी मञ्चका अध्यक्ष निकोलस पाण्डेले प्रदर्शनीमा स्वदेशमै उत्पादित गुणस्तरिय वस्तु तथा सामाग्रीहरु राखिने बताए ।

प्रदर्शनीमार्फत नेपाली वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विस्तरमा सहयोग पुग्ने छ । उनले भने- नेपाली वस्तुप्रति चासो बढाउन तथा स्वदेशि उत्पादन पनि गुणस्तरिय हुन्छ भन्ने विश्वास दिलाउन प्रदर्शनी महत्वपूर्ण रहने छ ।

प्रदर्शनीमा ७० वटाभन्दा धेरै स्टल रहने छन् । युवा उद्यमी मञ्चमा ४५० जना सदस्य रहेका छन् । मेलामा साना बस्तु उत्पादकहरुलाई निशुल्क स्टलको पनि व्यवस्थापन गरिएको छ भने प्रदर्शनी प्रवेश नि:शुल्क रहेको आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीमा ७५ ओटै जिल्लाका आ-आफ्ना ठाँउका पहिचान बोकेका वस्तु तथा सेवाहरुको सहभागिता रहनेछ । लाखौको संख्यामा अवलोकनकर्ता तथा ग्राहकहरुले प्रदर्शनीको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.