कैदीले उत्पादन गरेको कपडा मिटरको ५८ रुपैयाँ, बजार मूल्य भन्दा ५० प्रतिशत सस्तो

  २०७६ असोज ८ गते १४:२५     विकासन्युज

काठमाडौं । भद्रकाली केन्द्रीय कारागारका कैदीहरूले उत्पादन गरेको कपडा उद्योग विभागले बुधबारबाट बिक्री सुरु गरेको छ । उक्त कपडा बजार मूल्यभन्दा ३० देखि ५० प्रतिशतसम्म सस्तो रहेको छ । उद्योग विभाग परिसर त्रिपुरेश्वरमा बिक्री कक्ष स्थापना गरिएको हो ।

भद्रकाली केन्द्रीय कारागारमा कैदीहरूद्वारा उत्पादित कपडा बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव उद्घाटन गरेका हुन् । उक्त अवसरमा मन्त्री यादवले नेपाली उत्कृष्ट उत्पादनलाई उपभोक्ताले सहजै रुपमा उपभोग गर्न सक्ने बताए ।

कपडा बिक्री कक्षकी लक्ष्मी गिरीले भनिन्–‘राम्रो र बजार मूल्यभन्दा ३० देखि ५० प्रतिशतसम्म सस्तो छ । विहान १० बजेदेखि बेलुका ५ बजेसम्म उपभोक्ताले कपडा किन्न सक्ने बताइन् ।

कैदीहरुले उत्पादन गरेका कपडा सबै सुतिका हुन् । बिक्री भएको कपडाको पैसा कैदीहरुको कोषमा जाने छ । त्यो पैसा कैदीहरुको नै वृद्धि विकासमा खर्च हुने छ । विभागले १८ किसिमका कपडा बिक्री सुरु गरेको हो । त्यहाँ बिक्रीका लागि राखिएको कपडाको मूल्य प्रति मिटर ५८ देखि ५५० सम्म तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.