प्राइम लाइफको विशेष साधारण सभाः बोनस शेयर पारितसँगै चुक्ता पूँजी २ अर्ब नाघ्यो

  २०७६ असोज ८ गते १२:३४     विकासन्युज


काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलबार सम्पन्न विशेष साधारण सभाले बोनस सेयरको प्रस्ताव पारित गरेसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघेको छ ।

कम्पनीको विशेष साधारण सभाले हालको चुक्तापुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । अब कम्पनीको चुक्ता पूँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ ।

विशेष साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ । कम्पनीले नियमनकारी निकाय बिमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी कायम गर्न विशेष साधारण सभा बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.