होण्डाको ‘एचआर-भी’, दशैंमा किने भारी छुट

  २०७६ असोज ८ गते १०:४५     विकासन्युज


काठमाडौँ । होण्डा फोर व्हिलर्सको नेपालका लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङ्ग प्रा.लि.ले केहि महिना अघि नेपालमा लञ्च गरेको ‘एचआर–भि सवकम्प्याक्ट एसयुभि’ निकै नै चर्चामा रहेको छ । यसको मूल्य नेपाली बजारमा ९९ लाख रुपैयाँ रहेको छ । जापानमा होण्डा विजेलको नामबाट चिनिने यो कारमा केहि पार्टस्हरु होण्डा ज्याज, होण्डा सिटि र होण्डा डब्लुआरभी कै दिइएका छन् ।

होण्डाको लेटेस्ट डिजाइन ल्याङ्ग्वेज पाएको यस मोडेलमा ठूलो ग्रिल, नयाँ एलइडि हेडल्याम्प्स, नयाँ फग ल्याम्प र नयाँ फ्रन्ट बम्पर दिइएका छन् । ठूलो अपेरियन्स र ठूलै क्याविन रहेको यस कारको अफरोडिङ्ग क्षमता पनि गज्जवको रहेको छ ।

यस कारका सेफ्टि फिचरहरुको रुपमा ४ ओटा एयरब्याग्स, एबीएस सिस्टम, ईबीडी सिस्टम, ट्र्याक्सन कन्ट्रोलजस्ता कुराहरु रहेका छन् भने कम्फर्ट फिचरका रुपमा एयर कण्डिसन, फोल्डिङ्ग गर्न मिल्ने एड्जस्टेवल र आरामदायक लचकदार सिटहरु रहेका छन् । त्यसैगरी अन्य फिचरहरुको रुपमा यो कारमा पेडल सिफ्टर्स, स्मार्ट किलेस इन्ट्री, क्रुज कन्ट्रोल, पुस स्टार्ट सिस्टम, ७.० इन्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम जस्ता कुराहरु रहेका छन् ।

यसमा प्रयोग भएको १४९६ सीसी ४ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले १२९ बिएचपिको पावर र १५५ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस कारमा ६ गियरहरु रहेका छन् भने कारले ० देखि १०० केएमपीएचको स्पिड केवल ११.२ सेकेण्डमै कभर गर्न सक्छ ।

यसैगरी ५ सिटर यस कारको डाइमेन्सनको कुरा गर्नु पर्दा यसको लम्वाई ४२९५ मिलिमिटर, चौडाई १७७० मिलिमिटर र उचाई १६०५ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १८० मिलिमिटर रहेको छ । त्यसैगरी ४० लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका सम्पूर्ण चक्काहरुमा डिस्क ब्रेक दिइएका छन् ।

कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यस कारको खरिदमा रु.५ लाख छुट, इन्स्योरेन्सको व्यवस्था र एडिस्नल एक्सेसरीजका रुपमा फ्लोर म्याट र डोर भाइजरजस्ता कुराहरु पनि दिइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.