वैदेशिक रोजगार व्यवसायीको कुरासँगै श्रमिकका समस्याप्रति सरकार गम्भिर

  २०७६ असोज ७ गते १५:०१     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीको गुनासो मात्र नभई श्रमिकको समस्याप्रति सरकारको ध्यान गम्भिर रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री विष्टले प्रत्येक व्यवसायीको गुनासो सुन्नेर सत्यतासँगै व्यवहारिक कुरालाई ध्यान दिने जनाए ।

साधारणसभा समारोहमा बोल्दै अब छिटै अनलाइन प्रणाली शुरु भएसँगै सरकारी कर्मचारी र म्यानपावर व्यवसायीको भेट नहुने भन्दै श्रममन्त्री विष्टले वैदेशिक रोजगार विभागमा कुनै पनि वैदेशिक रोजगार व्यवसायी जान नपर्ने बताए ।

केहि वर्ष अगाडी श्रम कार्यालय तथा रोजगार विभागको गतिविधिलाई प्रष्ट पार्दै हाल केहि हदसम्म सुधार भएको र आफ्नो कार्यकालमा श्रम तथा रोजगार क्षेत्रमा नेपाली युवा जनशक्ति तथा व्यवसायीहरुको ध्यानप्रति सरकार केन्द्रित रहेको काम गर्ने प्रतिवद्धता मन्त्रीले  व्यक्त गरे ।

नेपालको अर्थतन्त्रमा रिमिटेन्सको ठूलो महत्व रहेको हुँदा सरकारले अधिकंतम रुपमा नेपालको जनशक्तिलाई देश भित्र सरकारलाई देश भित्र रोजगार सिर्जना गर्न केहि समय लाग्नेछ । त्यसकारण अझै केहि वर्ष वैदेशिक रोजगारका लागि सरकारले सरल सहज र मर्यादित ढंगले उपयुक्त देशमा रोजगारको अवस्थाबारे बुझिरहेको मन्त्री विष्टले बताए ।

स्पष्टिकरण र प्रमाणसहित जुनसुकै गुनासो आएको ५ मिनेटमा नै त्यसको हल गर्ने जनाउँदै मन्त्री विष्टले पछिल्लो समय वैदेशिक रोजगारका क्षेत्रमा भएको परिवर्तन सबैको सहमति अनुसार भएको हुँदा वैदेशिक रोजगार संघले नकारात्मक काम नगरि आफ्नो कार्यशैलीमा परिवर्तन ल्याएमा सबैको हित हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.