जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धकमा राजेश मानन्धर नियुक्त

  २०७६ असोज ७ गते १३:००     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले नायव महाप्रबन्धकमा राजेश प्रसाद मानन्धर नियुक्त गरेको छ । मानन्धरले असोज ५ गतेदेखि उक्त जिम्मेवारी समालेका छन् ।

मानन्धरसँग २७ वर्ष वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ । २०४९ देखि ६५ सालसम्म नेशनल फाइनान्समा काम गरेका मानन्धर पछि क्रमशः कस्मिक मर्चेन्ट, सिएमबी, सिनर्जी हुँदै पछिल्लो समय बेष्ट फाइनान्समा नायव महाप्रबन्धककाे जिम्मेवारीमा थिए ।

वित्तीय क्षेत्रमा झण्डै तीन दशक काम गरेको अनुभवले बीमा क्षेत्रमा केही योगदान गर्न सक्ने विश्वास आफूमा रहेको मानन्धरले बताए । पछिल्लो सयम बीमा क्षेत्रको विकास राम्रो हुँदै गएको छ तर यो क्षेत्रको विकास र विस्तारमा अझै धेरै काम गर्न बाँकी देखिएको उनले बताए ।

उनले शंकरदेव क्याम्पसबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.