यो हो नेपालमा पाइने भक्सवागनको सबैभन्दा सस्तो कार, मूल्य कति ?

  २०७६ असोज ७ गते १०:५२     विकासन्युज

काठमाडौं । भक्सवागनको नेपालका लागि आधिकारीक विक्रेता पूजा इन्टर्नेशनल प्रा.लि.ले जर्मन अटोमेकर कम्पनीको विभिन्न मोडेलहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ ।

नेपालमा पाइने भक्सवागनका कारहरुमध्ये पोलो १.० ट्रेडलाइन प्लस सवैभन्दा सस्तो मोडेल रहेको छ जसको बजारमूल्य रु.२८ लाख ४५ हजार तोकिएको छ ।

यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्याग्स, एबीएस सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लकजस्ता कुराहरु रहेका छन् भने कम्फर्ट फिचरका रुपमा म्यानुअल एयर कण्डिसन, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्न मिल्ने ड्राइवर सिट, एडजस्ट गर्नमिल्ने हेड रेस्टजस्ता कुराहरु रहेका छन् ।

त्यसैगरी, अन्य फिचरहरुको रुपमा यो कारमा आउटसाइड रियर भ्यू मिरर्स, रुफ माउन्टेड एन्टेना, सवै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, १२ भोल्टको ब्याट्री जस्ता कुराहरु रहेका छन् ।

यसमा प्रयोग भएको ९९९ सीसी ३ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ७५ पिएसको पावर र ९५ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १८.७८ केएमपीएल माइलेज दिन्छ ।

यसरी, ५ सिटर यो कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३९७१ मिलिमिटर, चौडाई १६८२ मिलिमिटर र उचाई १४६९ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १६५ मिलिमिटर रहेको छ । त्यसैगरी ४५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् ।

कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यसकारको खरिदमा रु. १,५५,००० छुट दिइएको छ भने एडिस्नल एक्सेसरीजका रुपमा रियरभ्यू क्यामरा र पावर विन्डोजस्ता फिचरहरु पनि दिइएका छन् । भक्सवागनको नेपालमा विक्री भइरहेको सबैभन्दा महँगो मोडेल चाहिँ टिगुवान हाइलाइन एसयूभी हो जसको नेपाली बजार मूल्य भने रु.१ करोड ५८ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.