अक्सफोर्ड विश्वविद्यालयद्वारा नेतृत्व प्रशिक्षण कार्यक्रम आयोजना

  २०७६ असोज ६ गते १८:३०     विकासन्युज


काठमाडौँ । अक्सफोर्ड विश्वविद्यालय प्रेसले विद्यालयका प्रधानाध्यापकहरुको लागि अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

प्रशिक्षण कार्यक्रममा देशभर भएका विभिन्न अग्रणी विद्यालयहरुका ७० भन्दा बढी प्रधानाध्यापकको सहभागिता रहेको थियो ।

आइतबार काठमाडौँको अन्नपूर्ण होटलमा प्राध्यापकहरुको लागि पहिलो पल्ट यस्तो प्रकारको अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम डा. नीलकण्ठले संचालन गरेका थिए ।

अन्तरक्रिया कार्यक्रम मुख्यत ःशिक्षामा ‘नेतृत्व संगै भावनात्मक बौद्धिकता‘ विकासको लागि केन्द्रित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.