दुर्घटना नियन्त्रण गर्न सवारी साधनमा ‘टाइम कार्ड’ लागू

  २०७६ असोज ६ गते १३:४०     विकासन्युज

जाजरकोट । बढ्दो दुर्घटना न्यूनीकरणका लागि जिल्ला सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ । दशैँ, तिहार जस्ता ठूला पर्वमा जथाभावी यात्रु राखेर भारी गतिका साथ यातायातका साधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न लागिएको प्रजिअ जनकराज पन्तले बताउनुभयो ।

नयाँ व्यवस्थाअनुसार सदरमुकामदेखि सुर्खेतको छिन्चु र सदरमुकामदेखि रिम्नासम्मको सडकमा टाइमकार्ड लागू गरिएको छ । रिम्ना–होलुखोला एक घण्टा, होलुखोला–खलङ्गा ४५ मिनेट, खलङ्गादेखि मटेला ३० मिनेट, मटेला कुदु २० मिनेट, कुदूदेखि छेडाचौरसम्म एक घण्टा २० मिनेटमा यात्रा पूरा गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

टाइम कार्ड उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले सडक निर्माण गर्नु राज्यको दायित्व भएकोे, राम्रो व्यवहार र अनुशासितपूर्वक यात्रा गनतव्यमा पुर्याउने काम यातायात व्यवसायीको भएको बताएका छन् । त्यस्तै तोकिएको समयभन्दा अघि वा पछि यातायातका साधन गुडाउनेलाई कारवाही गरिने प्रजिअ पन्तले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.