शाओमीको “दशैं विथ एम आई” मा आकर्षक अफर, स्मार्टफोन खरिद गर्दा २ हजार छुट

  २०७६ असोज ५ गते १८:३७     विकासन्युज

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ ।
एमआई ए३ सार्वजनिक भएसँगै विभिन्न स्मार्टफोनको खरिदमा रु २ हजारसम्मको छुटको व्यवस्था रहेको छ । दशैंको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ ।

ग्राहकहरुले अब शाओमीको नयाँ–नयाँ स्मार्टफोन रेडमी ७, रेडमी वाई ३ ,रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७ ए किन्दा आकर्षक अफरहरुको रहेको छ । विशेष गरि दशैं जस्तो मेगा चाडँपर्वको अवसरमा स्मार्टफोन ठूलो उपहारको एक विकल्प रहेको जनाएको छ ।
एमआई फ्यानले रु १९हजार ९ सय ९९मा रेडमी नोट ७ (३ जीबीप्लस ३२ जीबी) खरिद गरेर निर्धारण गरिएको मुल्यमारु २ हजारको फ्ल्याट छुटको मज्जा लिन सक्नेछन् ।
विशेष सप्र्राइजको रुपमा शाओमीले नेपालमा एमआई ए३ (४ जीबीप्लस ६४ जीबी) र (६ जीबीप्लस १२८ जीबी) सार्वजनिक गरेको छ, यो रु २३ हजार ९ सय ९९ र रु २७ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ ।
रेडमी ७ए (२ जीबीप्लस ३२ जीबी) मापनि छुटको व्यवस्था रहेको छ र यो अब रु १० हजार ९ सय ९९ मा उपलब्ध हुनेछ ।

ग्राहकहरुले रेडमी ७(२ जीबीप्लस १६जीबी) र (३ जीबीप्लस ३२जीबी)तेसै गरि रेडमी वाई ३ (३ जीबीप्लस ३२ जीबी) र (४ जीबीप्लस ६४ जीबी) मारु १ हजार छुटको मज्जा लिन सक्नेछन् ।

यी अफरहरु सम्पूर्ण अफलाइन स्टोर, दराज डटकम डट एनपी र सस्तोडिलमा उपलब्ध हुनेछ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीलले भने, “हामी सम्पूर्ण एमआई फ्यानहरुलाई शाओमी स्मार्टफोनको खरिदमादशैंको विशेष अफर प्रदानगर्न निकै उत्साहित छौं । दशैंको रमाइलो अवसरमायो पहलले हाम्रो उच्च गुणस्तरीय स्मार्टफोनलाई सुलभ मुल्यले गर्दा अझै आकर्षक बनाउने आशा गरेका छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.