असोज १२ गतेदेखि ‘हिमालयन आर्ट फेस्टिभल २०१९’ 

  २०७६ असोज ४ गते १८:०४     विकासन्युज

काठमडौं । असोज १२ गतेदेखि १६ गतेसम्म हिमालयन आर्ट फेस्टिभल २०१९ हुने भएको छ । नेपाल आर्ट काउन्सिलमा हुने उक्त मेलामार्फत ई–आर्टस् नेपाल एक अनलाइन आर्ट ग्यालरीे समकालीन नेपाली कलालाई विश्व बजारमा पुराउने लक्ष्य रहेको छ । सन् २०१० मा स्थापना भएको आर्टले स्थानीय कलाकारहरू र उनीको कलामार्फत सहकार्य गर्दै ई–आर्टस् नेपालले नेपाली संस्कृति र समाजबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्दै आएको छ ।

ई–आर्टस् नेपालद्वारा सन् २०१७ मा सुरु गरिएको हिमालन आर्ट फेस्टिभल, नेपाली चित्रकलाका उत्कृष्ट संकलन र प्रदर्शनी हो । फेस्टिभलले नेपाली समकालीन नेपाली कलाप्रति व्यापक, समावेशी र समग्रात्मक दृष्टिकोण प्रदर्शन गर्छन, पेन्टिङ, पौभा, मूर्तिकला, स्थापनाकला (इन्टलेसन), फोटो, प्रिन्ट मेकिङ, सेरामिक सहितका विभिन्न शैलीका कलाका सयभन्दा बढी कलाकारका कार्यहरू प्रदर्शनका साथै प्रत्यक्ष प्रदर्शन पनि गराइरहेको छ ।
यस वर्ष हिमालयन आर्ट फेस्टिभलमा नेपाली कला परिदृष्टलाई समृद्ध तुल्याउनका लागि उहाँको दृढ संकल्पक र बहुमूल्य योगदानका लागि प्रख्यात कलाकार श्री उत्तम नेपालीलाई सम्मानित गरिँदैछ ।

कला उस्ताद उत्तम नेपाली
उत्तम नेपालीका पेन्टिङहरूले केही परम्परागत नेपाली कलाका केही दृष्टिकोणसहित आधुनिक कला प्रविधिहरूको विश्लेषण गर्दछ । उनको काम गर्ने प्रविधिमा वास पेन्टिङदेखि आलंकारिक र ड्रइङ (रेखाचित्र) देखि अमूर्तकलासम्म भिन्न भिन्न रहेका छन् । केही सिर्जनाहरूले अभिव्यक्ति, अमूर्ततता र यथार्थवादी दृष्टिकोणको संयोजनका माध्यमबाट कवि र कविता तथा दृश्यकलाबीचको भावनात्मक निकटता अनुभूति झल्काउँछन् ।

विभिन्न तत्वमा रहेका दोहोरो तत्वहरूलाई अस्वीकार गर्दै, कलाकारकाहरूले विषम छविहरू, कवि र चित्रकारहरूजस्तै अवधारणा र विधिहरू, दृष्टि र शब्द, अमूर्त तथा मुहार चित्र तथा पश्चिमी रुप र मूल सामग्री आदिलाई समेट्छन । कलाकारहरूले ‘अन्तर कला संवादमा नयाँ तरिका खोल्ने’ प्रयास गरेका आयोजक ई–आर्टस् नेपाल जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.