नेचुरल बचत तथा ऋण सहकारी संस्थाले गर्याे ‘मिस्ड कल बैंकिङ सेवा’ शुरु

  २०७६ असोज ४ गते १५:५५     विकासन्युज

काठमाडाैं ।  नेचुरल बचत तथा ऋण सहकारी संस्थाले मिस्ड कल बैंकिङ सेवा शुरू गरेको छ । काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको साे संस्थालेअत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी सदस्यलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे नेचुरल बचतले ‘मिस्ड कल बैंकिङ सेवा’ शुरूवात गरेकाे हो ।

नेचुरल संस्थाको ११ औं बार्षिक साधारणसभा (असोज ३ गते शुक्रबार) बाट ‘मिस्ड कल बैंकिङ सेवा’ शुभारम्भ गरेको संस्थाका अध्यक्ष शर्मिला अमात्यले जानकारी दिईन । यो सेवाको सुरुवातसँगै नेचुरलका सदस्यहरुले मोबाईल रिर्चाज र खाताको रकमको जानकारीका लागि ‘मिस्ड कल’ गरेर प्राप्त गर्न सक्ने अमात्यले बताईन ।

सदस्यहरुले मोबाइल रिर्चाजको लागि ९८४८७५४९८० र खाताको रकमको जानकारीका लागि ९८२३०११७९४ मा ‘मिस्ड कल’ गर्नुपर्नेछ । यो नम्बरमा ‘मिस्ड कल’ गरेपछि मोबाईल रिर्चाज र खाताको रकमको जानकारी पाउने व्यवस्था संस्थाले मिलाएको संस्थाको प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए । नेचुरलले एटिएम सेवा पनि सुरु गरिसकेको छ । यस संस्था एससिटि नेर्टवकसँग आवद्ध नेपालभरि रहेका बैंक तथा वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्न तथा पिओएस मा पनि प्रयोग गर्न सकिने सेवा प्रदान गरेको पाठकले बताए ।

यसका साथै ‘नेचुरल स्मार्ट एप’ मार्फत खाताको रकम ट्रान्सफर, आफ्नो बारोबारको मिनि स्टेटमेन्ट, मोबाइल रिर्चाज, बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, डिस होमको रिर्चाजका साथै स्टक मार्केट र विनिमय दरको दैनिक जानकारी समेत प्राप्त गर्न सकिने । संस्थाले बचत तथा कारोबारलाई थप पादर्शी र बिस्वासिलो बनाउन एसएमएस बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बजार प्रवद्र्धन, व्यवस्थापन र बचत संकलन सहजिकरण गर्न ब्रान्चलेस बैंकिङ सेवा प्रदान गरी प्रभावकारी ढंगबाट कारोबार सञ्चालन गर्दै आएको प्रमुख कार्यकारी पाठकले बताए । नेचुरल बचतको ८ करोड ६२ लाख ४० हजार सेयर पुँजी रहेको छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ९४ करोड २० लाख ९० हजार निक्षेप संकलन गरेको थियो ।

संस्थाले १ अर्ब ७ करोड ४७ लाख ६८ हजार २ सय ८० रुपैयाँ लगानी गरी १७ करोड ६७ लाख ८९ हजार १ सय ७ रुपैयाँ आम्दानी गरेको छ । संस्थाले यस अवधिमा २ करोड ४३ लाख ८५ हजार ४४ रुपैयाँ २९ पैसा खुद नाफा (आयकर व्यवस्था अघि) कमाएको छ । संस्थाको केन्द्रिय कार्यालय जोरपाटी, सेवा केन्द्र साँखु, सेवाकेन्द्र नयाँ बजार र सम्र्पक कार्यालय काँडाघारीबाट सदस्यलाई सरल, सहज र विश्वाशिलो ढंगबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.