कृषि विकास बैंकले गर्याे वृक्षारोपण तथा वातावरण संरक्षणमा सहयोग

  २०७६ असोज ४ गते १५:१५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले संविधान दिवसको अवसर वृक्षारोपण तथा वातावरण संरक्षणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
ललितपुर नगरपालिका अन्र्तगत कृषि विकास बैंक कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ३ का सभासद राजकाजी महर्जन, विशेष अतिथि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विशेष अतिथि पूर्व सभासद जनक चालिसे रहेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त वातावरण सुधार समितिलाई वृक्षारोपण लगायत वातरवरण संरक्षणका निमित १ लाख २० हजार रुपैयाँको चेक वातरवरण सुधार समितिका संयोजक तथा १५ नं. वडासदस्य महेन्द्र मानन्धरलाई हस्तान्तरण गरेका थिए ।
स्थानीय नागरिकहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी रामकाजी महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै वृक्षारोपण तथा वातवरण संरक्षण तथा सरसफाई गर्ने कार्य जीवन संगै निरन्तर चलिरहने प्रकृया भएकोले यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन गर्दै यसलाई अभियानका रुपमा संचालन गर्नु पर्ने बताउंदै बैंकले पुर्याएको योगदानको प्रशंसा गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका विशेष अतिथी अनिलकुमार उपाध्यायले वातरवरण संरक्षणको प्रमुख आधार नै वृक्षारोपण भएकोले हामी सवैले घर, आंगन लगायत खाली जग्गामा वृक्षारोपण गर्ने कार्यलाई आत्मसाथ गरी अगाडी बढ्न आग्रह गर्दै आफ्नो नगर/टोल लाई सुरक्षित तथा सफा हरावरा बनाउने दायित्व सोच राख्दै सकरात्मक परिवर्तनमा लाग्नु पर्ने जनाए ।
कार्यक्रमका अध्यक्ष तथा ललितपुर नगरपालिकाका वडा १५ का वडा अध्यक्ष सुर्दशन मिश्र र पूर्व सभासद जनक चालिसेले वातवरण संरक्षण तथा वृक्षारोपण कार्यक्रमलाई कृषि विकास बैंकले पुराएको योगदानको कदर गर्दै भविष्यमा पनि यस्तै किसिमका सहयोग पाउने अपेक्षा गर्दै बैंकको प्रगतिका लागि कामना गरे ।

सो कार्यक्रमका बैंकका का.मु.उप महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घबहादुर अर्याल, कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौका का.मु. निर्देशक करुणचन्द्र घिमिरे, अनिल यादव, का.मु.मुख्य शाखा प्रबन्धक माधव रिजाल, बैंकका प्रबक्ता हिमलाल पौडेल, शाखा प्रबन्धक जनार्दन न्यौपाने, राजेन्द्र रानाभाट, प्रबन्धकहरु राजु कार्की, खेटराज दाहाल लगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.