बुटवलमा साधना लघुवित्तको धितो तालिम सम्पन्न

  २०७६ असोज ४ गते १३:०५     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको धितो कर्जा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेको अध्यक्षतामा बुटवल क्षेत्रका कर्मचारीहरुलाई धितो कर्जा व्यवस्थापन तालिम प्रदान गरेको थियो । उक्त कार्यक्रमको उद्घाटन वित्तीय संस्थाको संस्थापक शेयरधनी गंगा ढकालले गरे ।

लघुवित्तको आधारभुत अवधारणा,सदस्य तथा कर्जा बिस्तारमा कर्मचारीको भुमिका र बिशेष गरी धितो कर्जा लगानी गर्दा ध्यान दिनु पर्ने बिषय वस्तुको बारेमा जानकारी गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको जानकारी बिभागीय प्रमुख रुपेशकुमार भाले बताए ।
सो तालिममा गुणस्तरीय धितो पहिचान गर्नलाई ध्यान दिनुपर्ने कुराहरु, नगद प्रवाह बिश्लेषण, कर्जा सदुपयोगिताको बारेमा वित्तीय संस्थाका संस्थापक शेयरधनी हरीप्रसाद डुम्रेले सहभागीहरुलाई सहजीकरण गरेका थिए ।

उक्त तालिममा वित्तिय संस्थाका संस्थापक शेयर धनि खगेन्द्रप्रसाद शर्माले तालिम सफलताको लागी शुभकामना व्यक्त गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले लघुवित्त क्षेत्रको वर्तमान अवस्था र चुनौतीको बारेमा जानकारी गराउदै चुनौती संग जुध्ने क्षमता विकाश गर्नलाई सहभागीहरुलाई उत्प्रेरित गर्नु भएको थियो ।
यस संस्थाले आफनो स्थापनाको २ बर्षको छोटो अवधिमा अति विकट पहाडी क्षेत्र तथा ग्रामिण क्षेत्रमा ४३ ओटा शाखा बाट ३६ हजारभन्दा बढी बिपन्न सदस्यहरुलाई सेवा गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.