एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो

  २०७६ असोज ३ गते २१:०३     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएर १३ सय ५० रुपैयाँ कायम गरको छ भने बाह्य हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर घटाएको छ । काठमाडौंमा हवाई इन्धनको खुद्रा बिक्री मूल्य बाह्य उडानतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर कायम भएको छ ।

शुक्रबार राती १२ बजेदेखि घटेको मूल्य लागू हुने आयल निगमले बताएको छ । पेट्रोल, डिजेल र मट्टितेलको हकमा भने खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.