भारतमा आयो एन्टर्कको ‘रेस एडिशन’, नेपालमा कहिले ?

  २०७६ असोज ३ गते १८:०४     विकासन्युज


काठमाडौँ । टिभिएस मोटर कम्पनीले भारतमा एन्टर्क १२५ को ‘रेस एडिशन’ लञ्च गरेको छ । सो स्कुटरको मूल्य भारतीय बजारमा रु.६२,९९५ तोकिएको छ, जुन एन्टर्क डिस्क ब्रेक भेरियन्टभन्दा रु.३,००० ले महँगो रहेको छ ।

एन्टर्क १२५ रेस एडिशनमा एलईडि हेडलाईट, टि सेपको एलईडी डिआरएल र हाजार्ड ल्याम्पजस्ता नयाँ फिचरहरु दिइएका छन् । हाजार्ड लाइट अस्थाई रुपमा सडक छेउ गाडि रोक्नुपर्दा अरु गाडिले सतर्कता अपनाउन सकुन् भन्ने उद्देश्यले प्रयोग गरिएको हुन्छ । त्यसैगरी यस स्कुटरको साइड प्यानल्स्मा ‘रेस एडिसन’ को लोगो पनि दिइएको छ ।

टिभिएसले एन्टर्क रेस एडिसनलाई म्याट ब्ल्याक, मेटालिक व्ल्याक र रेड गरी तिन कलर अप्सनहरुमा सार्वजनिक गरेको छ । यस स्कुटरमा एन्टर्कमै भएको १२४ सीसी सिङ्गल–सिलिण्डर ३–भल्व इञ्जिन दिइएको छ जसले ९.४ एचपीको पावर र १०.५ एनएमको टर्क प्रोड्युस गर्दछ ।

त्यसैगरी यस स्कुटरका अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम बे्रक प्रयोग भएका छन् । यसको सस्पेन्सन सेटअपको कुरा गर्नुपर्दा अगाडितर्फ १२ इञ्चको टेलिस्कपिक फर्क र पछाडि भने मोनोसक फिट गरिएको छ ।

टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा एन्टर्क १२५ लाई रु.२,२९,९०० मा विक्री गर्दै आइरहेको छ । एन्टर्क १२५ रेस एडिशन चाहिँ नेपाली बजारमा आइपुग्न अझै केहि समय लाग्ने र सो स्कुटरको मूल्य एन्टर्क १२५ को तुलनामा थोरै बढेर आउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.