महासंघका अध्यक्ष राणा र उपाध्यक्ष ढकाल विभुषित, कार्यालय परिसरमा राष्ट्रिय झण्डा झण्डोत्तोलन

  २०७६ असोज ३ गते १६:२६     विकासन्युज


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित उद्यमी व्यवसायीहरू संविधान दिवसका अवसरमा सरकारद्धारा प्रदान गरिएकोे विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभुषित भएका छन् ।

महासंघका अध्यक्ष राणा र महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीपबाट विभुषित भएका हुन् ।

त्यसैगरी, संविधान दिवसका अवसरमा महासंघका अध्यक्ष राणाले नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय परिसरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको एक समारोहका बीच झण्डोत्तोलन गरिन् । साथै अध्यक्ष राणाले महासंघको झण्डा पनि झण्डोत्तोलन गरेको जनाइएको छ ।

कार्यक्रममा महासंघका विशिष्ट सदस्य एवम् पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष किशोरकुमार प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महानिर्देशक धरणीधर खतिवडा, सचिवालयका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.