राष्ट्रिय बीमा संस्थानले लञ्च गर्यो एप, बीमाबारे जानकारी लिन सकिने

  २०७६ असोज ३ गते १६:१३     विकासन्युज


काठमाडौ । राष्ट्रिय बीमा संस्थानले संविधान दिवसको अवसर पारेर बीमा सम्बन्धी जानकारी मूलक एप लञ्च गरेको छ । कम्पनीले बीमा क्षेत्रलाई प्रविधि मैत्री बनाउने उदेश्यले शुक्रबार आफ्नै कार्यालयमा उक्त एप लञ्च गरेको हो ।

एप लञ्च कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका अध्यक्ष धनीराम शर्माले प्रविधि आजको आवश्यकता भएकाले एप ल्याएको बताए । उनले भने–‘प्रयोगकर्ताको सल्लाह अनुसार काम गर्ने छौँ ।’

यसैगरी उक्त कार्यक्रममा संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकको जेठो कम्पनी भएपनि सफ्टवेर अभावमा काम गर्दै आएको र अब एप मार्फत डिजिटल बन्ने सुरुवात गरेको बताए ।

यस्तो छ एप 
प्ले स्टोरबाट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले आफ्नो पोलिसी नम्बर एपमा राख्न जरुरी हुन्छ । त्यस्तै, पासवर्ड समेत थिचेर लगइन गरे पश्चात बीमितले एपमा प्रवेश गर्न पाउछन् । एपबाट पोलिसी, पेमेण्ट हिस्ट्री तथा डिउ पेमेण्टका बारेमा जानकारी लिन सकिन्छ ।

एपमा बिमितले बैक खाता समेत समावेश गर्न आवश्यक हुन्छ । हाल सीमित बैँक मात्र एपमा आवद्ध भएपनि निकट भविष्यमा अन्य बैँक समेत आवद्ध गराउने राष्ट्रिय बीमा संस्थान जनाएको छ । नेपाल बैँक र राष्ट्रिय वाणिज्य बैँक संस्थानको एपमा समावेस गरेकाले देशैभरका नागरिकले लाभ दिन सक्ने बताइएको छ ।

चालु आर्थिक वर्षमा बीमा गराउने बीमितका लागि यो सिस्टमले काम गर्छ । तर, चालु आव भन्दा पहिलाका लगानीकर्ताका लागि भने सो एपले केही काम गर्दैन ।साथै, यसै आर्थिक वर्ष भित्रमा ई-सेवा सँग सहकार्य गरेर संस्थानले बीमितले बीमा शुल्क(प्रिमियम) तिर्ने बीमालेख पढ्ने लगायतका सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

सो एप चलाउन बीमितले एन्ड्रोइड मोबाईलको प्रयोग गर्नुपर्ने छ । नेपालमा छरिएर रहेका विभिन्न ब्राण्डहरुमा आगामी एक हप्ता भित्र आफूहरुले सेवा बिस्तार गर्ने राष्ट्रिय बीमा संस्थानले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.