स्ट्याण्डर्ड चार्टर्डलाई इक्रा नेपालले दियो सबैभन्दा राम्रो रेटिङ

  २०७६ असोज ३ गते १५:२०     विकासन्युज


काठमाडौँ । इक्रा नेपालले गरेको रेटिङ अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा राम्रो रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार स्ट्याण्डर्ड चार्टर्डले उच्च मात्रामा सुरक्षित जनाउने ‘इक्रा एनपी ट्रिपल ए’ पाएको हो ।

बैंकले वित्तीय जोखिम धेरै कम भएकोले राम्रो रेटिङ प्राप्त गरेको हो । ठूलो कर्जा प्रवाह गर्दा बैंकले सबैभन्दा सुरक्षित ऋणको रेटिङ पाएका व्यक्ति तथा संस्थालाई मात्रै प्राथमकिता दिने गरेको इक्रा नेपालले जनाएको छ ।

इक्रा नेपालको प्रतिवेदन अनुसार तुलनात्मक रुपमा अन्य बाणिज्य बैंकहरुको भन्दा सस्तो ब्याजदर रहेकोले ऋणीहरुको पहिलो रोजाइमा बैंक रहेको एजेन्सीले जनाइएको छ । बैंकिङ क्षेत्रमा तरलताको अभाव हुँदा पनि बैंकको निक्षेप संकलन स्वस्थ रहेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.