वैज्ञानिकहरु भन्छन्-‘पाँच वर्षमुनिका बालबालिकाले दूध र पानी मात्र पिउनुपर्छ’

  २०७६ असोज ३ गते १७:३१     विकासन्युज

न्यूयोर्क । वैज्ञानिकहरुको एक प्यानलले बालबालिकाहरुको लागि नयाँ पौष्टिक मार्गनिर्देशन जारी गरेको छ । वैज्ञानिकहरुको प्यानलले बुधबार बालबालिकाहरुले जन्मेको पहिलो बर्षमा के खानुहुन्छ र के खानुहुदैन भनेर नयाँ मार्गनिर्देशन जारी गरेको हो ।

प्यानलले जन्मको पहिलो बर्षका शिशुहरुले दूधमात्र पिउनु पर्ने बताएको छ । उनिहरुले बालबालिकाको खानामा ६ महिनापछि पानी थप्न र १२ महिनापछि गाईको दूध बदल्न सकिने बताएका छन् ।

मार्गनिर्देशनको अनुसार जन्मिएको पाँच बर्षसम्म बालबालिकाले दूध र पानी मात्र पिउनु उपयुक्त हुन्छ । साथै ५ बर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरी युक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन ।

यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ । गाईको दूधको विकल्प चाहने आमाबुवाहरूको लागि भने सोया दूध रुचाइएको विकल्प हो ।

नयाँ मार्गनिर्देशन ‘हेल्दी ईटिङ समुह’ का पोषण अधिवक्ता समूहले बनाएका हुन् । मार्गनिर्देशन अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स, एकेडेमी अफ न्यूट्रिशन एण्ड डायटेटिक्स, अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक डेन्टिस्ट्रीले बनाएको कारण दिईएका सुझावहरु निकै नै प्रभावकारी हुने बताईएको छ ।The new recommendations are among the most comprehensive, and restrictive, issued in recent years. Experts hope the guidelines will help curb childhood obesity.गुलियो पेय पदार्थहरुबाट बालबालिकाहरुलाई टाढा राख्नुको कारण बालबालिकामा सानै पनि देखिने अत्याधिक मोटोपना हो, जसले आजीवन दीर्घकालीन रोगहरुलाई निम्ताउने गर्दछ । विश्व स्वास्थ्य संगठन अनुसार संसारभरमा ४ करोड बालबालिका मोटोपनको शिकार भएका छन् ।

नयाँ मार्गनिर्देशनलाई यसरी उमेर समुहमा विभाजित गरिएको छ :

जन्मेदेखी ६ महिनासम्म

बालबालिकाहरुले दूधको मात्र सेवन गर्नुपर्छ। बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरीयुक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन । यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ ।

६ महिनादेखी १ बर्षसम्म

बालबालिकाहरु अझै पनि आमाको दुधमै निर्भर हुनुपर्दछ। एकपटक बालबालिकाले ठोसकुरा खाना थालेपछी उनिहरुले पानी पिउन सुरु गर्न सक्छन् । बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरी युक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन । यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ।

१२ देखी २४ महिनासम्म

बालबालिकाहरुले दैनिक १ देखी ४ कप पानी पिउनु पर्नेछ । उनिहरुलाई एकदमै थोरै मात्रामा मात्र जुस पिउन दिनुपर्छ ।

२ बर्ष देखी ३ बर्षसम्म

बच्चाले दैनिक एक वा चार कप पानी र फ्याट-फ्रि वा कम फ्याट (१ प्रतिशत फ्याट) दूध पिउनु पर्दछ । उनिहरुले १०० प्रतिशत जुसको चार अंश भन्दा बढी पिउनु हुँदैन र अन्य पेय पदार्थ पनि सेवन गर्नुहुँदैन।

४ देखी ५ बर्ष

यी बच्चाहरूले दिनको एक कप देखी पाँच कपसम्म पानी पिउनुपर्दछ। यसका साथै थोरै मात्रामा जुस र त्यस बाहेक अन्य गुलियो पेय पदार्थको सेवन गर्नु हुँदैन ।

(न्यूयोर्क टाईम्सबाट उल्था गरिएको  । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.